0 COMMENTS

चितवन कात्तिक २९, २०७६/ इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित त्रिशूली नदीमा आज दिउँसो नुहाउने क्रममा नदीले बगाएर एकजना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा विरगञ्ज महानगरपालिका–३२ का अन्दाजी २१ वर्षीय विजय लामा रहेका छन् । धारापानी क्षेत्रमा ज्यालामजदूरी गरी बस्दै आएका लामा नुहाउँने क्रममा दिउँसो तीन बजे बेपत्ता भएका हुन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।