0 COMMENTS

निजगढ २६ कार्तिक २०७६। बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौं-निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक)को डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनाले अब नयाँ अवधारणाअनुसार गति अघि बढाउने भएको छ।

सेनाको नयाँ अवधारणाअनुसार सेना आफैले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्रे, नाला, कल्भर्ट, पर्खाल र अन्य पुलहरू आफै निर्माण गर्ने भएको हो ।

विवादमा तानिएका योजना प्रमुखको कामबाट आयोजना ढिलो हुँदै गएपछि प्रधान सेनापतिले आयोजनामा व्यापक सुधार गर्दै नयाँ अवधारणामा सेना आफैले काम गर्नेछ। योजना प्रमुखको पद रिक्त रहे पनि आयोजनाको काम अब द्रुत गतिमा लैजान सेनापतिले कडा निर्देशन आयोजनाका सम्बन्धित पदाधिकारीहरूलाई दिएका छन् ।

द्रुतमार्गको सडक फिलिङ र कटिङ सकिएका क्षेत्र करिब २५ किमी कालोपत्रे तत्काल थालिने र सँगै नाला, पर्खाल बनाउँदै लैजाने र बाँकी क्षेत्रमा पनि सडक फिलिङ, कटिङसँगै कालोपत्रे सँगै लैजाने जनाएको छ। रुख काटने, सडक भर्ने र काट्नेमात्र काम गरेको सेनाले अब द्रुतगतिमा सेना आफैले नयाँ कन्सेप्टमा कालोपत्रे, स-सना पुल, कल्भर्ट, वाल आफै बनाउने योजनामा अघि बढिसकेको आयोजनाका को-अर्डिनेटर भरत खड्काले बताए ।

केही समय सुस्त देखिए पनि काम भइरहेको थियो र अब आयोजनाका धेरै जसो काम आफैले गर्ने भएपछि जसरी रुख काटने बेला २४ घण्टै सेना जुटेको थियो त्यसै गरी निर्माणमा पनि सेना त्यसैगरी जुट्ने उनले बताए। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।