0 COMMENTS

काठमाडौं, कात्तिक १८/सुनकोशी बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । चौतारा साँगचाकगढी नगरपलिका वडा नम्बर ९ स्थित सुनकोशी नदीमा आइतबार बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिकाका २७ वर्षीया मचेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी सइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ४ कि सलिना तामाङ, ३ का तीन महिने शिशु सिसन तामाङ, ५ की ५२ वर्षीया चेतकुमारी बस्नेत, ३ की २१ वर्षीया रत्नकुमारी राउत, ५ का १४ वर्षीय निखिल खड्का, ४ का वर्ष १९ का किरण राउत, वर्ष २० का कविता राउत छन् ।

यस्तै, शैलुङ गाउँपालिका ३ की ३२ वर्षीया निर्मला खड्का, वडा नम्बर ६ कि ७० वर्षीया उरमाया मोक्तान, भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिता केसी बस्नेत, काभ्रे रेशी गाउँपालिका ४ कि सजिना तामाङ, दोलखा शैलुङ्गेश्वरी ५ कि ३८ वर्षीया सानु राउत आले, ३ का निकेश खड्का र चितवन पटीहानीकी ५६ वर्षीया पूजा बस्नेतको मृत्यु भएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डीएसपी माधव काफ्लेले बताए ।

उनकाअनुसार खोलाले अझै शव बगाएको हुन सक्ने आशंकामा खोजीकार्य भने जारी छ । दुर्घटनामा घाइते भएकाहरुको उपचार जारी छ । केही डिस्चार्जसमेत भइसकेका छन् । दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि हिडेको बा २ खा ७२४५ नम्बरको बस आइतबार सुनकोशी नदीमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।