0 COMMENTS

काठमाडाैँ, ३ कार्तिक । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि आज जिल्ला काठमाडौं अदालत लगिँदै छ ।

गत मंगलबार महरालाइ अदालतमा पेश गरिएको थियाे । तर उनको बयान नसकिएकाले प्रहरीले थप अनुसन्धानका लागि भन्दै म्याद थप गर्न अदालत लग्ने भएको हो । यद्यपि, महराको मुटुमा गम्भीर समस्या देखिएपछि एन्जिओग्राम गरिएको छ ।

१० दिनअघि उच्च रक्तचापका कारण नर्भिक अस्पताल भर्ना गरिएका महराको स्वास्थ्यमा समस्या भएपछि थप उपचार थालिएको थियो । महरालाई जनरल वार्डबाट सीसीयू कक्षमा भर्ना गरेर एन्जिओग्राम गरिएको नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ ।

स्वाथ्यलाई मुख्य कारण देखाउँदै महराको बयान लिन पनि प्रहरीलाई समस्या हुँदै आएको छ । महरा उपचाररत नर्भिक अस्पतालले पनि स्वास्थ्यको कारण देखाउँदै बयान लिन नमिल्ने चिठी प्रहरीलाई पठाउँदै आएको छ ।

महराले बयान दिन नमाने पनि प्रहरीले अन्य प्रमाण संकलन गरेर २५ दिनभित्र सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको जाहेरीपछि जाहेरीपछि प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाटै नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।