0 COMMENTS

काठमाडौं, असोज २५/काठमाडौंलाई चीनसँगको सीमा नाका केरूङसम्म सहज रूपले जोड्न चीन सरकारले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको आजदेखि सुरू भएको राजकीय भ्रमण टुंगिनुअघि भोलि (आइतबार) अन्य सहमतिसँगै यसको पनि घोषणा हुनेछ ।

उच्च सरकारी स्रोतका अनुसार यो सुरूङ मार्ग अनुदानमै बनाइदिन चीन सरकार सहमत भएको छ । सुरूङ मार्ग दुई खण्डमा निर्माण हुनेछ । पहिलो खण्डले काठमाडौंको टोखा र नुवाकोटको छहरेलाई जोड्नेछ भने दोस्रो खण्डले रसुवाको बेत्रावती र स्याफ्रुवेंसीलाई जोड्नेछ । अहिले अध्ययन भएको टोखा छहरे खण्डको लम्बाइ चार किलोमिटर छ ।

दोस्रो खण्ड बेत्रावती स्याफ्रुवेंसी सुरूङ हो । यो सुरूङ १७ देखि २४ किलोमिटर लामो हुनेछ । यो सुरूङ मार्ग निर्माण भएपछि काठमाडौ केरूङको जम्मा लम्बाइ ८२ किलोमिटरमा झर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।