0 COMMENTS

प्रस्ताेताःप्रतिभा भट्टराइ,विजया दशमीको तेस्रो दिन माता दुर्गाको चन्द्रघण्टा स्वरूपको पूजा आराधना गरिन्छ शिरमा घण्टा आकारको अर्ध चन्द्रमा भएकोले चन्द्रघण्टा नामले प्रख्यात भएकी भगवती का दश हात छन् र दसै हातमा विभिन्न देवता हरु द्वारा प्रदान गरिएका अस्त्र शस्त्र सुशोभित छन्।

स्वर्ण समान वर्ण भएकी माता चन्द्रघण्टाले महिषासुर लगायत असंख्य दानव हरुको संहार गरि देवता हरुलाई अभए दान दिई कल्याण गरेकी थिइन्।रातो बस्त्र धारण गरी अत्यन्त श्रद्धा भक्ति का साथ, चुनरी रातो फूल, रातो बस्त्र साथै सख्खर र गाईको दूध बाट बनेका परिकारहरू अर्पण गर्दा खुसी हुने माता चन्द्रघण्टा को कृपा प्राप्त गर्न सके मानव शरीरमा भएका चक्र हरू मध्ये मणिपुर चक्र नियन्त्रण भई, मानिसको जीवनमा आएका विभिन्न प्रकारका कष्ट निवारण हुने, शत्रु नाश हुने, शान्ति र समृद्धि वृद्धी हुने तथा अलौकिक शक्ति प्राप्त गर्न सकिने विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।