0 COMMENTS

उदयपुर , सम्वाददाता,असोज ४ । बिभिन्न सामाजिक सेवाका लागि सहयोगार्थ उदयपुरको गाईघाटमा कीर्तिमानी युवा संघ नेपाल र पुर्खा फाउण्डेशनद्धारा जारी दशैं तिहार महोत्सव २०७६ को दोस्रो दिन पनि हजारौ सहभागीले अवलोकन गरेका छन् । असोज ३ गते औपचारिक रुपमा शुरु भएको महोत्सवको दोस्रो दिन शनिबार चर्चित गायक दुर्गेश थापालगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो । त्यस्तै उदयपुरकै स्थानीय कलाकारहरुले गायन तथा नृत्य प्रतिभासमेत प्रस्तुत गरेका थिए ।

जिल्लामा पछिल्लो समय लागूपदार्थ तथा दुव्र्यशनी मौलाएको भन्दै न्यूनीकरणका लागि अभियान सञ्चालनार्थ महोत्सव सञ्चालन गरिएको महोत्सव मूल आयोजक समिति संयोजक सरोज श्रेष्ठले बताए । उनका अनुसार दुव्र्यशन न्यूनीकरणसँगै सडक तथा अनाथ बालबालिकालागि वकालत गरिरहेका संघसंस्थाहरुसँगको समन्वयमा स्थानीय स्तरमा रहेका यस्ता बालबालिकाहरुको व्यवस्थापनका लागि सञ्चालन हुने अभियानमा सहयोगका लागि पनि महोत्सव आयोजना गरिएको आयोजक कीर्तिमानी युवा संघका केन्द्रय अध्यक्ष चीत्रकुमार कार्कीको भनाई छ । शनिबार मात्र झण्डै ५ हजार सर्वसाधरणले अवलोकन गरेको संयोजक श्रेष्ठले जानकारी दिए । आईतबार महोत्सवमा चर्चित गायक कमल खत्रीलगायतका राष्ट्रिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।