0 COMMENTS

काठमाडौं, ४ असोज । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले ४८ घण्टाभित्र धार्मिक अभियन्ताहरूलाई रिहाई नगरे देशव्यापी रूपमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । त्यस्तै, समितिले संविधान दिवसको अवसरमा हिजो (शुक्रबार) मा पशुपतिनाथ मन्दिर परिसरभित्र बम राखिएको घट्नाप्रतिपनि भत्र्सना गरेको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले ईन्द्रजात्राको अवसरमा शान्तिपूर्ण रूपमा विरोध गर्दा धार्मिक अभियन्ताहरूलाई जबरजस्ती पक्राउ गरेर हिरासतमा राखिएकोमा विरोध जनाएको छ । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लगायतका धार्मिक अभियन्ताहरू लाई राजनीतिक प्रतिशोध साँधेर सरकारले जबरजस्ती पक्राउ गरेको समितिको आरोप छ । पक्राउ परेका लाई आगामी ४८ घण्टाभित्र रिहाई नगरिए देशव्यापी रूपमा आन्दोलन गर्ने समितिका अध्यक्ष सागर थापाले चेतावनी दिए ।

समितिका महासचिव रोशनजंग बस्नेत र विश्व हिन्दू महासंघ नेपालका उपत्यका संयोजक दिनेश कुमार सिजापतिको संयुक्त नाममा जारी गरिएको विज्ञप्तीमा
भनिएको छ,‘पक्राउ गरिएका शिव सेना नेपालका अध्यक्ष बस्नेतलगायत समस्त हिन्दु धार्मिक अभियान्ताहरूलाई ४८ घण्टाभित्र रिहाइ नगरिए सरकारबिरूद्ध कडा आन्दोलन गर्न बाध्य हुनेछौँ । सरकारले वर्तमान संविधान र प्रचलित अन्तर्राष्ट्रिय लोकतान्त्रिक मूल्य, मान्यता र ऐन कानुनविपरित नागरिकले बिरोध प्रदर्शन गरेकै आधारमा पक्राऊ गरि नागरिकको मानव अधिकारजस्तो मौलिक हक, वाक स्वतन्त्रता, विरोध गर्न पाउने अधिकारलाई समेत बन्देज लगाउने कार्य नरोकिए केपी ओली नेतृत्वको सरकारवि?द्ध नेपालस्थित् संयुक्त राष्ट्रसंघको कार्यालयमासमेत मानबअधिकार हननको उजुरी दिनेछौँ ।

तसर्थ वर्तमान होलीवाइन सरकारले सनातन धर्म र हिन्दु धार्मिक अभियान्ताहरूबिरूद्ध कानुनबिपरित पक्राउ गरि तर्साउने वा धम्क्याउने कुचेष्टा भविष्यका दिनहरूमा समेत नगर्न चेतावनी दिन चाहान्छौँ । कार्यक्रममा बैंकटेश्वर पिठाधिश स्वामी पद्यमधराचार्यले पशुपतिनाथ मन्दिर परिसरभित्र भएको बम आतंक सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरे । उनले धार्मिक अभियन्ताहरूलाई पनि बिना शर्त रिहाईको माग गरे । उनले विश्व हिन्दू महासंघ पूनर्जागरण अभियानलाई सबै क्षेत्रबाट साथ र सहयोग हुनुपर्ने बताए ।

त्यस्तै, सनातन हिन्दू धर्म शिरोमणि स्वामी राम बाबाले पशुपतिनाथजस्तो पवित्र क्षेत्रमा भक्तजनलाई त्रसित तुल्याउन बम आतंक सिर्जना गरिएको भन्दै सरकारले दोषी पत्ता लगाएर कडा कारबाही गर्नुपर्ने माग गरे । कार्यक्रममा हिन्दू जागरण नेपालका अध्यक्ष पण्डित रामकृष्ण उपाध्यायले मेचिदेखि महाकालीसम्म आम हिन्दूहरू जाग्नुपर्ने बेला आएको सुनाए । उनले भने,‘संसारकै हिन्दूह?को आस्थाको धरोहरको रूपमा रहेको पशुपतिनाथ क्षेत्रभित्र बम राख्नेले तपाईको घरमा पनि बम राख्न सक्छन् । त्यो भनेको बालुवाटार र सिंहदरबारपनि सुरक्षित छैन् । कार्यक्रममा किर्तीपुर नगरपालिका पूर्व मेयर तथा धर्म, संस्कृति, परम्परा संरक्षण समितिका केन्द्रिय संयोजक ध्रुव महर्जनले धार्मिक अभियन्ताहरूलाई २४ घण्टाभित्र रिहाई नगरे गुठी विद्येयकविरूद्धमा काठमाडौंवासी उर्लिएझैं सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने,‘हामी उपत्यकावासीलाई सरकारले नजिस्काओस्, हामी जाग्यौं भने सरकारले हाम्रो आन्दोलन थेग्न सक्दैन्. त्यसैले सरकारले बेलैमा बुद्धि पुर्याओस् .’
कार्यक्रममा राष्ट्रिय एकता परिषदका सदस्यहरू दिनेश नापित, परने पासा र कपिलमान खड्गीले काठमाडौं उपत्यकाका नेवार समूदायको आफ्नो धर्म, संस्कृति र परम्पराको रक्षा गर्न लागिपर्ने बताए । उनीहरूले आफूहरूको धर्म र संस्कृतिमाथि कोही, कतैबाट प्रहार भए टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए  । उनीहरूले आफूहरू बीच एकता रहेको पनि सन्देश प्रवाह गरे ।

कार्यक्रममा श्री पशुपतिनाथ सेवक संघका अध्यक्ष तथा भण्डारी समाजका अध्यक्ष केदारमान भण्डारीले पशुपतिनाथ मन्दिरभित्र भएको विकृति र विसंगतिविरूद्ध आवाज उठाउँदै त्यहाँ भएको पुरातात्विक महत्व एकपछि अर्को गर्दै पशुपति क्षेत्र विकास कोषले नष्ट गरेको आरोप लगाए । उनले हिजो भएको बम आतंकको घट्नाको विरोध गरे ।
भण्डारीले ७ सय भन्दा बढि सुरक्षाकर्मी र कर्मचारीले घेरिएको पशुपतिनाथ क्षेत्रभित्र बम आतंकको घट्ना हुनु दुःखद् रहेको बताउँदै यसमा मुख्य दोषी पशुपति क्षेत्र विकास कोष नै रहेको गम्भिर आरोप लगाए । उनले यो घट्नासँगै क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई तत्काल पदमुक्त गराउनसमेत सरकारसमक्ष माग गरे ।
कार्यक्रममा विश्व हिन्दू महासंघ पूनर्जागरण अभियानका अभियन्ता कृष्ण लुईंटेलले धार्मिक अभियन्यताहरूलाई पक्राउ गरिएकोमा खेद प्रकट गर्दै उनीहरूलाई २४ घण्टाभित्र रिहाई गर्न माग गरे । उनले विश्व हिन्दू महासंघलाइृ पुनर्जागरण गर्दै नयाँ ?पमा गति दिन सबैको साथ र सहयोग रहनुपर्ने भन्दै अपिल समेत गरे ।
कार्यक्रममा विश्व हिन्दू महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्बर ३ का संयोजक प्रविण घिमिरेले धर्म, संस्कृति संरक्षणको लागि आफूहरू जस्तोसुकै कदम चाल्नपनि तयार रहेको र यसको लागि सबै एकजुट हुनुपर्ने धारणा राखे । कार्यक्रममा राष्ट्रिय सरोकार मञ्च नेपालका केन्द्रिय संयोजक बिक्कीजंग रानाभाटले पुरातात्विक मौलिकतालाई कायम राख्दै सरकारको सवारी चल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा शिवसेना नेपालका केन्द्रिय उपाध्यक्ष दिनेश कँडेलले आफ्नो संगठनका अध्यक्ष अनिल बस्नेतलगायत पक्राउ परेकाहरूलाई तत्काल रिहाई नगरे देशभरि सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

प्रेस वक्तव्यको पूर्ण पाठसहित

विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समिति विश्व हिन्दु महासंघ नेपाल,उपत्यका समिती काठमाण्डौँ, नेपाल

प्रेस विज्ञप्ती
आदरणीय पत्रकारबन्धुहरू, पत्रकार मित्रह? आज हामी यँहाह?लाई विशेष जानकारी दिनका लागि उपस्थित भएका छाै । नेपालको संविधानले हरेक नागरिकले शान्तिपूर्ण रूपमा विरोध प्रकट गर्नपाउने नैसर्गिक अधिकार दिएको वताए पनि सरकारले व्यवहारमा भने विरोध गरेकै कारणले झुटा मुद्दा लगाएर फसाउने षडयन्त्र भईरहेको छ । केहि दिन अगाडि राजधानीको बसन्तपुर क्षेत्रबाट ईन्द्रजात्रामा राष्ट्रपतिको सवारीमा कालोझण्डा देखाएर विरोध गरेको भन्दै शिव सेना नेपालका अध्यक्ष अनिल वस्नेत लगायतका राष्ट्रवादी धार्मिक अभियान्ताहरूलाई पक्राउ गरि सरकारले नाङ्गो नाच प्रस्तुत गरेको छ । धार्मिक अभियान्ताहरूलाई आज सम्म पनि रिहाई नगरी गैरकानुनी रूपमा वर्तमान सरकार लागिरहेको छ ।

पक्राउ गरिएका शिव सेना नेपालका अध्यक्ष बस्नेत लगायत समस्त हिन्दु धार्मिक अभियान्ताह?लाई ४८ घण्टा भित्र रिहाइ नगरिए सरकार बिरूद्ध कडा आन्दोलन गर्न बाध्य हुनेछौँ । सरकारले वर्तमान संविधान प्रचलित अन्तर्राष्ट्रिय लोकतान्त्रिक मूल्य मान्यता र ऐन कानुन विपरित नागरिकले बिरोध प्रर्दशन गरेकै आधारमा पक्राऊ गरि नागरिकको मानव अधिकार जस्तो मौलिक हक, वाक स्वतन्त्रता , विरोध गर्न पाउने अधिकारलाई समेत बन्देज लगाउने कार्य नरोकिए के.पी सरकार विरूद्ध नेपाल स्थित संयुक्त राष्ट्र संघको कार्यालयमा समेत मानब अधिकार हननको उजुरी दिने छौँ । तसर्थ बर्तमान होलीवाइन सरकारले सनातन धर्म र हिन्दु धार्मिक अभियान्ताहरू बिरूद्ध कानुन बिपरित पक्राउ गरि तर्साउने वा धम्क्याउने कुचेष्ठा भविष्यश्यका दिनह?मा समेत नगर्न चेतावनी समेत दिन
चाहान्छौँ ।
पत्रकार मित्रहरू, विश्वको एकमात्र हिन्दु अधिराज्य मासेर असोज ३ गते संविधान जारी भएको कालो दिनमा राष्ट्रदेव भगवान पशुपतिनाथ मन्दिर परिसरमा बम ( विष्फोटक पदार्थ ) राखिनुलाई सामान्य रूपमा लिन सकिदैँन । सदियौँ देखि नेपालमा एक धर्मले अर्को धर्मलाई सम्मान गर्दै धार्मिक सहिष्णुता रहँदै आएको छ ।तथाकथित आताताही ढंगले भक्तजनहरूलाई तर्साउने नियतले हिन्दुहरूको आराध्यदेव भगवान श्रीपशुपतिनाथको मौलिक अस्थित्वलाई समेत क्षति पुर्याउने , धार्मिक दंगा गराउने , अपराधिक योजनाका साथ विश्रभरका हिन्दुहरूका आस्थाको धरोहर आराध्यदेव भगवान श्री पशुपतिनाथ मन्दिर परिसरमा बम राखेर आम भक्तजनहरूलाई त्रास उत्पन्न गराउने घृणित मनोवृति वनाएर होस वा वेधर्मिह?ले सनातन हिन्दुहरूलाई तर्साउन गरिएको घृणित कार्य भएपनि तत्काल अनुसन्धान गरी सत्य तथ्य जनसमक्ष सार्वजिनक गरियोस । हुन त श्रीपशुपतिनाथ मन्दिर परिसरमा बम भेटिएको दिनमानै रामजानकी मन्दिर जनकपुरधाममा बम राखिएको हल्ला गरिनुमा एउटै पक्षको हात हुन सक्छ ।

स्मरण रहोस श्रीपशुपतिनाथ क्षेत्रमा पशुपति क्षेत्र बिकास कोषका आफनो सुरक्षाकर्मी , भाडामा लिईएको सुरक्षाकर्मी नेपाल प्रहरी, सशस्त्र प्रहरी गरेर सयौँको सँख््यामा परिचालन गरिएको छ । तर कोषका सुरक्षाकर्मी पैसावाल भक्तजनहरूलाई अगुवाई गर्दै दर्शन गराउने ,सर्वसाधरणह?लाई अपमानजनक भाषा बोलेर दुव्र्यवहार गर्ने, श्री पशुपतिनाथ मन्दिर परिसर भित्र पुजा पाठमा रहेका पण्डितहरूलाई लात्ति प्रहार गरी कुटपिट गर्ने तर सुरक्षामा निश्कृय हुने, मन्दिर परिसरमा बम राखिँदा सम्म पनि सुँईको नपाउने सुरक्षाकर्मीहरू माथि पनि छानविनका लागि माग गर्दै श्रीपशुपतिनाथ क्षेत्रको विकास भन्दा बढि बिनाश गर्ने , असक्षम सदस्य सचिव डा.प्रदिप ढकालको कार्यसमिति तत्काल भंग गरी भष्ट्र कर्मचारीहरू उपर छानविन गरि कारर्वाही गर्न सरकार समक्ष माग गदछौँ ।

वम काण्डको यथार्थ तत्काल सार्वजानिक गरेर दोषी माथि कारवाही नभए सनातन हिन्दु धर्म रक्षार्थ शसक्त आन्दोलनमा जाने समेत जानकारी यसै पत्रकार
सम्मेलन मार्फत जानकारी गराउन चाहनछौँ ।

दिनेश कुमार सिजापति उपाध्यक्ष, विश्व हिन्दु महासंघ नेपाल एवम् उपत्यका संयोजक

रोशनजंग बस्नेत
(महासचिव )
विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिमिति ः २)७६ असोज ४ गते शनिबार ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।