0 COMMENTS

काठमाडौं, ३० भदौ । विश्व हिन्दू युवा संघ अन्तर्रा्ष्ट्रिय समिति र विश्व हिन्दू महासंघ उपत्यका समितिले मुस्ताङको कागबेनीमा हिन्दू धर्म्विरोधी समूहले सोह« श्राद्ध आरम्भसँगै त्यहाँ श्राद्ध तथा पितृ तर्पण कार्य गर्न नदिएको विषयमा घोर आपत्ति जनाएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उनीहरुले तत्काल श्राद्ध तथा पितृ तर्पण गर्ने कार्य सुचारु नगरे देशभरि सनातन धर्म संस्कृति संरक्षणको लागि आफूहरु सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिएका छन् । कार्यक्रममा बोल्दै बैंकेटेश्वर पीठाधिश स्वामी पद्यमधराचार्यले श्राद्ध, तर्पण गर्ने सनातन परम्परा रहेको बताउँदै कागबेनीमा श्राद्ध कार्य रोकिनु दुःखद् भएको टिप्पणी गरे । उनले मृत आत्माको मुक्ति तथा मोक्ष तिर्थस्थलमा श्राद्ध तथा तर्पण गरेपछि मात्रै प्राप्त हुने भएकोले सो पूण्य कार्य गर्न कोही कसैबाट रोकावट हुन नहुने धारणा राखे । उनले भने,‘यस्तो पूण्य काममा अवरोध गर्नु भनेको पाप गर्नु हो । त्यसैले अविलम्ब यो गलत कार्य रोक्नुपर्छ ।’

त्यस्तै, विश्व हिन्दू युवा संघ अन्तर्रा्ष्ट्रिय समितिका अध्यक्ष सागर थापाले कागवेनीमा एक दर्जनभन्दा बढि ब्रम्हाणहरूले दैनिक कार्य गर्दै आएकाहरूलाई त्यहाँ अवरोध गरिएकोमा कडा आपत्ति जनाएका छन् । उनले भने,‘कागबेनीमा प्राचिनकालदेखि हुँदै आएको श्राद्ध गर्ने परम्परालाई अवरोध सिर्जना गरिएको घट्नालाई सामान्य रूपमा लिन सकिँदैन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ यात्रापछि भारतीय तीर्थयात्रीहरुको समेत उल्लेखनीय रुपमा बृद्धि भएको धार्मिक पावन भुमिमा श्राद्ध गर्न मासिक एक लाख रुपैँया ब्रम्हणहरूले दिनुपर्ने नत्र श्राद्ध कर्म गर्न नपाईनेजस्ता बिषय उठाएर अवरोध हुनुलाई सनातन धर्मको अस्तित्व संसारमै कमजोर पार्न खोजिनु र यो सनातन परम्परामाथिको अतिक्रमण हो भन्ने हाम्रो ठहर छ ।’

सनातनदेखि वैदिक, बौद्ध, जैन, शिखलगायतका समस्त ॐकार परिवारहरूबीच रहँदै आएको धार्मिक सहिष्णुतालाई खलल पुर्याउनेगरि भईरहेका र हुन लागिरहेका गलत कार्यलाई तत्काल नियन्त्रण गर्न नेपाल सरकारसमक्ष समेत उनीहरुको माग छ । विश्व हिन्दु महासंघ नेपालका उपाध्यक्ष तथा उपत्यका संयोजक दिनेश कुमार सिजापति र विश्व हिन्दु युवा संघ अन्तर्रा्ष्ट्रिय समिति महासचिव रोशन जंग बस्नेतको संयुक्त नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘यदि समयमै यस्ता कार्य नरोक्ने हो भने यसले धार्मिक असहिष्णुताको बाटो लिन सक्छ त्यसैले समयमा नै सम्बन्धित निकायले ध्यान दिनुपर्छ र राष्ट्रदेव भगवान श्रीपशुपतिनाथका भट्ट भण्डारीलाई तलव राखेर त्यँहाको भेटीघाटी लाई ब्यवस्थित गरे जस्तै तुरुन्त मुक्तिनाथ मन्दिरका पुजारीलाई समेत तलव तोकेर त्यँहा चढेको भेटीघाटी र अन्य सम्पत्ति लाई समेत ब्यवस्थित गर्न माग गर्दछौं ।’ कार्यक्रममा सनातन हिन्दू धर्म शिरोमणि स्वामी राम बाबाले कागबेनीमा श्राद्ध रोकिएको घट्नाको विरोध जनाए । उनले श्राद्ध, तर्पण रोक्नेहरुलाई तत्काल कारबाही गर्नुपर्नेपनि माग गरे । त्यस्तै, नेपालका एकमात्र जगदगुरु पीठका प्रतिनिधि अर्पण साधकले घट्नाको विषयमा विस्तृत जानकारी गराएका थिए ।

उनले भने,‘त्यहाँको स्थिति अहिले भयावह छ । भक्तहरुले अहिलेपनि श्राद्ध गर्न पाएका छैनन् । यसतर्फ सरकारको ध्यान जाओस् ।’ पत्रकार सम्मेलनमा नेपालका एकमात्र प्रथम जगदगुरु ‘अनन्त श्री विभुषित जगदगुरु बाल सन्त मोहनशरण देवाचार्य महाराजश्री’ ले नेपाल अनादि कालदेखि धर्म समन्वयनको राष्ट्र भएको सुनाउँदै देशमा कुनैपनि प्रकारले सनातन धर्म र अन्य धर्महरुबाट समाजमा खलल पुग्ने किसिमको गलत कार्यहरु कहिल्यैपनि र कोहीबाट पनि
हुन नहुने सन्देश दिएका थिए । कार्यक्रमको सञ्चालन विश्व हिन्दु युवा संघ अन्तर्रा्ष्ट्रिय समिति महासचिव रोशन जंग बस्नेतले गरेका थिए ।

 

प्रेस विज्ञप्ति

आदरणीय पत्रकारबन्धुहरू, आश्विन कृष्णपक्ष “ पितृ पक्ष” र सोर्ह श्राद्धको अवसरमा हिमालपारीको जिल्ला मुस्ताङमा अवस्थित प्रशिद्ध मुक्तिनाथ क्षेत्रको कागवेनी कालीगण्डकी तटमा पिण्डदान गरेर भगवान श्री नारायण

मुक्तिनाथको दशंन गरेमा आफ्ना दिवंगत पितृहरू तर्ने बिश्वासका साथ आश्रिन कृष्णपक्ष अवधिमा भक्तजनहरुको उलेख्यिनय उपस्थिति रहँदै आएको पवित्र पावनभुमिमा यस बषं सनातन हिन्दू धर्मावलम्बीहरूलाई श्राद्ध तपर्ण तथा पिण्ड दान गर्न नदिएर अवरोध सिर्जना गरिएको छ । कागवेनीमा एक र्दंजन भन्दा बढी
बाम्हणहरूले दैनिक कार्य गर्दै आएकाहरूलाई त्यँहा अवरोध गरिएको छ । आश्विन कृष्ण पक्ष प्रारम्भ भएको पहिलो दिन र हिजो दोश्रो दिनमा मात्र लाखौँ भक्त  जनहरु सहित ३५०० को सँख्यामा बस, कार, भ्यान ,जिप र मोटरसाइकलहरु कागबेनी मुक्तिनाथ पुगेको छ ।

हजारौंको सँख्यामा भक्तजनहरुको उपस्थित रहेकोकागबेनीमा भने प्राचिनकाल देखि हुदै आएको श्राद्ध गर्ने परम्परालाई अवरोध सिर्जना गरिएको घटनालाई सामान्य रूपमा लिन सकिदैँन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ यात्रापछि भारतीय तिर्थयात्रीहरुको समेत उल्लेखनिय रुपमा बृद्धि भएको धार्मिक पावन भुमिमा श्राद्ध गर्न मासिक एक लाख १,००,०००रुपैँया बाम्हणहरूले दिनुपर्ने नत्र श्राद्ध कर्म गर्न नपाईने जस्ता बिषय उठाएर अवरोध हुनुलाई सनातन धर्मको अस्तित्व संसारमै कम्जोर पार्न खोजिनु र यो सनातन परम्परामाथिको अतिक्रमण हो भन्ने हाम्रो ठहर छ ।

उक्त्त गम्भीर घटना पश्चात हाल जगदगुरु पीठ मुक्तिनाथमै रहनुभएका नेपालका एक मात्र जगदगुरु “अनन्त श्री विभुषित जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्री ” सोह्र श्राद्ध प्रारम्भ भएकै दिन कागबेनी पुग्दा श्राद्ध तर्पर्ण गर्न गएका भक्तजनहरु माथी दुर्ब्यबहार हुनु र श्राद्ध गर्न नदिने केही पक्षहरु झडपमा उत्रिनु अत्यन्तै दुखदायी घटनाको रुपमा लिदैँ सनातन देखि चलि आएको धार्मिक साहिष्णुतालाई खलल पुर्याउने गरी भएको घटनाको घोर निन्दा र भर्षणा गर्दछौँ । पत्रकार बन्धुहरू, भगवान नारायण बिष्णुको शरिरबाट आएको पसिना बाट पानीको मुल फुटेको र सोही पानीको १०८ धारा

मुक्तिनाथधाममा रहेको धार्मिक किंवदन्ती छ । सोही १०८ धारामा स्नान गरी मुक्तिनाथको दर्शन गरेमा पुण्य मिल्ने धार्मिक बिश्वास रहेको छ । प्राचिनकालमा नै भगवान नारायण बिष्णुको मुर्ति भएपनि हालको मन्दिर बि.स.१८७१ भएको हो । मुक्तिनाथमा बौद्ध धर्मगुरू पधमसमभमले तिब्बत जाने बेलामा सोही स्थलमा तपस्या गरेको मानयता अनुसार सो क्षेत्रमा बौद्ध गुम्बाहरू समेत रहेको छ । धेरैलाई थाहा नहुन सक्छ मुक्तिनाथको मुख्य पुजारी आनी बौद्धधर्मावलम्वी छन् । पावन भुमि मुक्तिनाथ  क्षेत्रको मैलिकताको संरक्षण गर्नका निमित्त भारतका स्वामी नारायण सम्प्रादायका भक्तजनहरुले करौडौँ रूपैँया खर्च गरेर मुक्तिनाथ मन्दिर वरिपरि पर्खाल निमार्ण गरेको भएपनि सो पर्खाल भत्काएर बौद्ध गुम्बा निर्माणको बहानामा अतिक्रमण हुदैँ आएको छ ।

संसारको कुनैपनि क्षेत्रमा नपाईने भगवान नारायण बिष्णुको प्रतिक शालिग्राम शिला पाईने पावन भुमिलाई आफ्नै किसिमले कब्जा गर्ने नियत बोकेका केही मानिसले सनातन हिन्दू धर्मावलम्बीहरूले धर्मशाला प्रयोग गर्न नपाईने, अनिवार्य रुपमा होटलमै बस्नुपर्ने, जस्ता गैर धार्मिक मुद्दा उठाएर कागबेनीमा श्राद्ध गर्ने परम्परालाई अवरोध सिर्जना गर्न खोज्नु किमार्थ सहि मान्न सकिदैँन ।

तसर्थ सनातन देखि वैदिक,बौद्ध,जैन,शिख लगायतका समस्त ॐकार परिवारहरू बिच रहँदै आएको धार्मिक सहिष्णुतालाई खलल पुर्याउने गरी भईरहेको र हुन लागिरहेको गलत कार्यहरूलाई तत्काल नियन्त्रण गर्न नेपाल सरकार समक्ष माग गर्दछौँ । यदि समयमै यस्ता कार्य नरोक्ने हो भने यसले धार्मिक असहिष्णुताको बाटो लिन सक्छ त्यसैले समयमा नै सम्बन्धित निकायले ध्यान दिनुपर्छ र राष्ट्रदेव भगवान श्रीपशुपतिनाथका भट्ट भण्डारीलाई तलव राखेर त्यँहाको भेटीघाटी लाई ब्यवस्थित गरे जस्तै तुरुन्त मुक्तिनाथ मन्दिरका पुजारीलाई समेत तलव तोकेर त्यँहा चढेको भेटीघाटी र अन्य सम्पत्ति लाई समेत ब्यवस्थित गर्न माग गर्दछौं ।

दिनेश कुमार सिजापति रोसन जंग बस्नेत उपत्यका संयोजक (महासचिव )विश्व हिन्दु महासंघ नेपाल विश्व हिन्दु युवा संघ अन्तर्रा्ष्ट्रिय समिति मिति ः २०७६ भदौं ३० गते सोमबार ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।