0 COMMENTS

नमराज भट्ट,काठमाण्डाै / बंगलादेश, चिकित्सा क्षेत्र तिर पठन-पाठन गर्न जाने नेपाली विधार्थीहरुको लागी मन पर्ने गन्तब्य हो।हुन त आफ्नो देश छोडेर बाहिर पढन जान कस्को रहर हुन्छ र ! तर कारणवस देश भित्र रहेका सम्स्याहरु झेल्न न सक्ने निम्नवर्गीय,मध्यमवर्गीय विधार्थीहरुको डाक्टरी पढने सपना साकार गर्न सक्ने ठॉंउ मध्ये एक हो..। अस्ती भखर्र नेपाल सरकारले बंगलादेशका लागी राजदुतमा डां वंशिधर मिश्रलाई नियुक्त गर्यो।

यो खबर संगै यहॉं रहेका विधार्थीहरुमा उत्सुकता छायो संगै पिडीत,अपिडीत,समस्याग्रस्त,सन्तुष्ट सबैमा नयॉं राजदुत आएपछी पुरानो बातावरणलाई सक्दो सुधार गरी मैत्रीपुर्ण बनाउँछन की भनेर आशा पलाएको छ। नवनियुक्त राजदूत डा. मिश्रलाई स्वागत गर्न एयरपोर्ट पुगेका नेपाल बांग्लादेश मेडिकल वेलफेयर सोसायटी (NBMWS) टोली र बंगबंधु शेख मुजीब मेडिकल यूनिवर्सिटी (BSMMU) मा पीजी गर्दै गरेका डा. सम्राट पराजुलीसंग सनीबर राजदूतावास नेपाली विधार्थीहरु समस्याबारे जानकारी लिई त्यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभऐको छ। NBMWS का केन्द्रीय अध्यक्ष रजनिस अधिकारीले समस्या सावधान हुनेमा आफु आशा रहेको र नवनियुक्त राजदूतलाई सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताउनुभयो।

सोही अवसरमा बांग्लादेश हार्डजोर्नीमा अध्ययनरत डा. सम्राट पराजुलीले आफुहरु तलब (stipend) र अन्य सुबिधाबाट बन्चित रहेको भन्दै ध्यानाकर्षण गराउदै राजदूतलाई पत्र बुझाए।पहिला पनि stipend को लागि आफूले नेपालमा सम्माननीय प्रधानमंत्री, परराट्रमत्री समक्ष पहल गरेता पनि राजदूत नियुक्त नहुदा यसको बांग्लादेश सरकार समक्ष समन्वय हुन नसकेको हो कि भन्ने राए राख्दै आफुलाई यसको सावधान हुने आशा लागेको डा. पराजुलीले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।