0 COMMENTS

चितवन– शालिकराम प्रकरणमा थुनामा रहेका रवि लामिछानेको रिहाईको माग गर्दै प्रदर्शनमा उत्रिएका २२ जनाविरुद्ध चितवन प्रहरीले अभद्र दुर्व्यवहार मुद्दा चलाएको छ ।

रविको रिहाईका लागि भएको प्रदर्शनमा खराब आचरण र व्यवहार देखाएको भन्दै चितवन प्रहरीले अहिलेसम्म २२ जना विरुद्ध मुद्दा चलाएको हो । रविका चारजना समर्थक जनही पाँच सय धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी एकनाराणण कोइरालालो गत साउन ३२ गते गिरफ्तार भइ मुद्दा चलाइएका चार जना जिल्ला प्रशासन कार्यालय चितवनबाट पाँच सय रुपैयाँ धरौटीमा छुटेको जानकारी दिए ।

प्रहरीले भदौ २ गतेको प्रदर्शनबाट रवि समर्थक १० जनालाई पक्राउ गरेको थियो भने साउन ३ गतेको प्रदर्शनमा थप ८ जना पक्राउ परेका थिए । उनीहरुलार्य अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको छ । उनीहरुविरुद्ध मयादथप भई अनुसन्धान भइरहेको छ ।

रवि समर्थकको प्रदर्शनमा सात जना प्रहरी घाइते भएको डीएसपी कोइरालाले जानकारी दिए । घाइतेमध्ये प्रहरी जवना सुवास राणाको हात भाँचिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।