0 COMMENTS

प्रतिभा भट्टराइ २६साउन,काठमाण्डाै/  २०७६ श्रावण २५ गते शनिबार, टेवा नेपालको सहयोगमा तारकेश्वर नगरपालिकाको वडा नं ४ वडा भवन परिसरमा, टोलबासी, विद्यार्थी भाइबहिनी हरु, टेवा संस्थाका सदस्य हरु तथा सृजनशील महिला समुहका दिदि बहिनी हरुको उपस्थितिमा २०० वटा बिरुवा रोपिएको थियो भने वृक्षारोपण कार्यक्रम वडा नं ४,५, र ६ काे संगम स्थल गुप्तेश्वर महादेवको मन्दिर मा पनि गरिएको थियो।

यसका अतिरिक्त उक्त गुप्तेश्वर महादेवको मन्दिर मा बढ्दै गएको बस्ती सँगै आवश्यकता महसुस गरिएको किरिया पुत्री भवनको पनि औपचारिक कार्यक्रममको आयोजना गरी काठमाडौं क्षेत्र नं ६ का प्रदेश सभा २ का सांसद योगेन्द्र संग्रौला को प्रमुख आतिथ्य तथा मेयर रामेश्वर बोहरा को विशेष आतिथ्य मा संयुक्त रूपमा शिलान्यास गरिएको थियो।सो कार्यक्रममा प्रदेश सरकार र नगरपालिकाले संयुक्त रूपमा ५० लाख सम्म रकम भवन निर्माण काे लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।