0 COMMENTS

वि.सं. २०७६ आषाढ ३१ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जुलाई १६ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको चाडपर्व र उत्सव : असार मसान्त, पूर्णिमा व्रत, खण्डग्रास चन्द्रग्रहण, गुरु पूर्णिमा, व्यास जयन्ती, मन्वादि, गुरु/व्यास पूजा, , दक्षिणामूर्ति पूजा, भक्तपुरमा वीरनदी स्नान, मानस व्रत प्रारम्भ, दिल्लापुन्हि, आजको मूहुर्त : अग्निवास(होमादि), आज राती १ बजेर ४६ मिनेटपछि खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ, ०२ घण्टा ५९ मिनेटसम्मको समयावधिभरि लाग्ने यो ग्रहण बिहान ४ बजेर ४५ मिनेटमा समाप्त हुनेछ । यस पटक ग्रहण कर्कट, तुला, कुम्भ र मीन राशिका लागि शुभफल र अन्य राशिमा अशुभ फल लिएर आएको छ । शुभफल भएकाहरूले मात्र ग्रहण हेर्नुहुने शास्त्रीय प्रावधान छ । काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:१९ बजे, सूर्यास्त : साँझ ०६:५९ बजे, दिनमान : ३४ घडी ११ पला (१३ घण्टा ४० मिनेट, रात्रीमान : २५ घडी ४९ पला (१० घण्टा २० मिनेट)

आजका लागि अशुभ समय
राहु काल : दिउँसो ०३:३४ देखि ०५:१७ सम्म, यमघण्ट : बिहान ०८:४४ देखि १०:२७ सम्म, गुलिक काल : दिउँसो १२:०९ देखि ०१:५२ सम्म, काल वारवेला : दिउँसो ०१:५२ देखि ०३:३४ सम्म, रोग वारवेला : बिहान ०५:१९ देखि ०७:०२ सम्म र साँझ ०५:१७ देखि ०८:१७ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय
लाभ वारवेला : बिहान १०:२७ देखि १२:०९ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । भोलिको चाडपर्व र उत्सव : श्रावण सङ्क्रान्ति, दक्षिणायन प्रारम्भ, कण्डारक पूजा, लुतो फाल्ने, थारु गुरिया पर्व, वैतडी गुजरमा बनारसी साउने मेला प्रारम्भ, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन भाग्यमा रहेको चन्द्रमा कमजोर छ, कताकता वैराग्यका भावना मँडारिन सक्छन्, संयमताका साथमा समय यापन गर्नु श्रेयस्कर हुनेछ । ठूलाबडाको सहयोग लिन सकेमा सोचेको काममा सफल नै भइने छ । शीघ्र निर्णय गर्ने क्षमतामा ह्रास भएको महसुस हुनेछ, यद्यपि सरल ढंगले दैनिकी सञ्चालनमा सघाउ पुर्याउने छ । सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । अभिभावकको स्वास्थ्य र मानसिकतामा सामान्य प्रभाव पर्न सक्छ । अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खट्नु पर्नेछ, तर विवादबाट टाढा रहनु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
झिनामसिना र सानातिना घरायसी कामहरूमा आजको समय व्यतीत हुनेछ । आठौं घरमा चन्द्रमा रहेको छ, तर राशिमा शुभग्रहको दृष्टि रहेकाले समस्या देखेर भाग्नु हुँदैन, सफलता तपाईंको मुट्ठीमा छ, नत्र पछुतो हुनसक्छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । मिहिनेत र परिश्रमका साथ गरिएको कामबाट लाभ हुनेछ । समग्रमा प्रयास गरेमा धन, धर्म र भाग्यबल स्थापना गर्ने राम्रो मौका छ । छात्रछात्राले चाहेको उपलब्धी प्राप्त गर्न सक्नेछन्, तर प्रणय र प्रेमप्रसङ्गमा भुलिनु राम्रो हुँदैन । स्वास्थ्य पक्षमा देखिएको कमजोरी क्रमशः हट्दै जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन, तर स्वास्थ्यस्थिति र आर्थिक पक्ष बलियो भएर आएको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । उमङ्ग र स्फूर्तिका कारण शरीर हलुको र फुरुङ्ग हुनेछ । जीवनसाथी वा विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने वातावरण बन्नेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । घरायसी काममा समय र धन खर्च हुनेछ । आम्दानीमा कमी हुने छैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । तर्कवितर्क, चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईंका विचार र तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न । आफन्त वा मित्रले आज अप्रत्याशित रूपमा सहयोग गर्नेछन् । प्रेमी/प्रेमिका वा जीवनसाथीसितको सम्बन्धमा देखिएको समस्या समेत निदान हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । खानपान र मेजमानीको अनुकूलता प्राप्त हुनसक्छ, तर स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको चिन्तन र उपायले काम गर्नसक्छ । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । ज्ञानगुनका क्षेत्रमा सक्रिय भइने छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
चौथो चन्द्रमाले मनमा डर र निराशाको अनुभूति गराउन सक्छ, तर परिश्रम गरेको कामबाट लाभ प्राप्त हुनेछ । शुभ ग्रहको प्रभावले परिवारजनमा आत्मीय भाव बढ्ने तथा मान्यजनको आशीर्वचन प्राप्त हुने समय छ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । कमजोरीलाई सुधार गरी आगामी कार्य प्रगतितर्फ लम्कने अवसर आउने छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् । एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज पराक्रम र प्रसिद्धि आर्जन गर्न सकिने स्वर्णिम समय हो । अल्छी गरेर वा चुप लागेर बस्नु ठिक हुँदैन । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ । चेलीबेटी वा कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । विद्वान् र प्राज्ञिक व्यक्तिहरूसित सुमधुर सम्बन्ध कायम हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धन स्थानको क्षीण चन्द्रमाको प्रभावले कामको दायित्व र चाप बढ्ने समय छ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । बोलीमा प्रभाव रहने छैन, त्यसैले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन । दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ । मानप्रतिष्ठा र ख्यातिमा आघात पुग्ने काम गर्नु हुँदैन । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ, तर समय निकाल्न धौधौ हुनेछ । जस नपाए पनि छरछिमेकी, कुटुम्ब वा नातागोताको काममा संलग्न हुनुपर्ने दिन छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज कल्पना र भावुकतामा मन रुमल्लिने छ, तर साथीभाइ र परिवारका सदस्यहरूले समेत तपाईंको भावना बुझ्न सक्दैनन् । व्यापारिक वा दैनिक कामहरूबाट सामान्यतया लाभ नै हुने देखिन्छ । मन उत्ताउलो बन्नेछ र निर्णयक्षमतामा कमी आउनसक्छ । यद्यपि रामरमाइलो र मनोरञ्जनात्मक क्षेत्रमा समय निकाल्न सकिंदैन, सामाजिक र घरायसी काममा दौडधूप गर्नुपर्ने देखिन्छ । घरभित्र झिनामसिना समस्या देखिन सक्छन् । दिक्कलाग्दो यात्रा हुनसक्छ । अप्रिय र मन नमानेको काम वा घटनामा सरिक हुनु पर्नेछ । खानपिनको समयमा फेरबदल हुनसक्छ । घरिघरि निराशाभाव हाबी भए पनि समग्रमा राम्रै दिन छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज बाह्रौं चन्द्रमा भए पनि अन्य ग्रहको शुभ प्रभाव भएकाले खासै नराम्रो दिन छैन । तर सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना बनेको छ, सचेत हुनुहोला । दानपुण्य र परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ, सार्वजनिक हीत र परोपकार क्षेत्रमा गरेका लगानीको शुभ परिणाम प्राप्त हुनेछ । रोकिएको आर्थिक कारोबारले गति लिनेछ । विदेशयात्राको काम थाल्न आजको दिन अनुकूल हुनेछ । परिश्रमको प्रतिफल ढिलो प्राप्त हुनेछ । मानसिक एवं बौद्धिक दबाब सिर्जना हुनसक्छ । घरिघरि मन अशान्त बन्नसक्छ, सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । तर नयाँ व्यवसायमा लगानी नगर्नु राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आत्मबल बढ्ने छ । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । सन्तति र भाइबहिनीले समेत सहयोग गर्नाले सन्तुष्टि मिल्नेछ । नाम, दाम र प्रतिष्ठाका लागि प्रयास गरिने छन् । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने र लाभ लिन सकिने समय छ । लाभदायक यात्राको सम्भावनालाई पनि नकार्न सकिंदैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । समय मध्यम फलदायी छ । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । अभिभावकवर्ग, गुरुजन र ठूलाबडासँग सतर्क भएर व्यवहार गर्नु राम्रो हो । मातापिता र अभिभावकवर्गको सेवासुश्रुषामा समय व्यतीत हुनेछ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । झिनामसिना घरायसी तथा श्रममूलक काममा समय व्यतीत हुनेछ । नयाँ काम वा व्यवसायका बारेमा अवधारणा उत्पन्न भए पनि कार्यान्वयन पक्षमा कमजोरी देखिने छ । पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । पैतृक सम्पत्ति र अचल सम्पत्तिमा विवाद हुनसक्छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।