0 COMMENTS

वि.सं. २०७६ आषाढ २२ गते आइतबार तदनुसार ई. सं. २०१९ जुलाई ०७ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आजको मूहुर्त : ब्रतबन्ध (उपनयन), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), आषाढ शुक्लपक्ष (दिल्लाथ्व) पञ्चमी तिथि, दिउँसो ०२:०३ बजेसम्म, त्यसपछि षष्ठी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, मध्यरात्रीपछि १२:३० बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), व्यतिपात योग, मध्यरात्रीपूर्व ११:११ बजेसम्म, त्यसपछि वरीयान् योग, सुरुमा बालब करण दिउँसो ०२:०३ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि १२:४९ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : छत्र, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : दक्षिण, वारशूल : पश्चिम, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:१५ बजे, सूर्यास्त : साँझ ०७:०१ बजे, दिनमान : ३४ घडी २४ पला (१३ घण्टा ४६ मिनेट, रात्रीमान : २५ घडी ३६ पला (१० घण्टा १४ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०५:१८ देखि ०७:०१ सम्म, मघण्ट : दिउँसो १२:०८ देखि ०१:५२ सम्म, गुलिक काल : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो ०१:५२ देखि ०३:३५ सम्म, अमृत वारवेला : बिहान १०:२५ देखि १२:०८ सम्म, लाभ वारवेला : बिहान ०८:४२ देखि १०:२५ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पान वा घिउ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
नयाँ उद्योगधन्दा वा व्यवसायका लागि वातावरण बन्नेछ । सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज काम बिग्रने डरले सताइरहने दिन हो । आफैंले प्रदान गरेको वाचालाई पालना गर्न सकिंदैन । अनुभवी र जान्नेबुझ्नेसमक्ष आफ्ना समस्या दर्साउँदा पनि सहयोग जुटाउन सकिंदैन । आमा वा कुनै बृद्ध नातेदारको सेवासुश्रुषामा समय बित्नेछ । सामाजिक कार्यमा अपजसको भागी बन्नुपर्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको सही उपयोग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धवबीच सम्बन्ध चिसिन सक्छ । तर सतर्क भई व्यवहार गर्नसके बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । कुटुम्बले सहयोग गर्नेछन् वा दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । स्वास्थ्य सबल छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
धन भावको बलियो चन्द्रमाको प्रभावले विभिन्न अवसरले पछ्याउने समय छ । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ । व्यवसाय, पेसा र पठनपाठनमा गरेको सानो मिहिनेतले राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ । तपाईंका क्रियाकलापको सर्वत्र चर्चा हुनेछ, नाम, दाम र सम्मान पाउनु हुनेछ । दिदीबहिनी र करकुटुम्बबाट सहानुभूति र सहयोग मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
राशिमा चन्द्रमा छ, तर शुभफल प्राप्तिमा कठिनाइ देखिन्छ । मिश्रित प्रभाव भएको दिन छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ । मानसम्मानमा आघात पुग्न सक्छ । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिन सक्छ । सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सीदलाहरूले अलमल्याउन सक्छन् । योजना बनाई अघि बढ्न सकिंदैन, तर नियमित काम बन्नेछन् । आत्मबल र संयमता नगुमाई काम गरेमा निराश हुनु पर्दैन । झिनामसिना समस्या देखिए पनि समग्रमा उपलब्धी नै हासिल हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ, खास गरी जोखिम मोल्ने काम र गरिष्ठ भोजनबाट टाढा रहनु राम्रो हुनेछ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ । बरु फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छनर्् । प्रतिस्पर्धीलाई उछिन्न सकिने छ । टाढाका आफन्त वा साथीभाइसित भेटघाट हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समय उत्साहवद्र्धक रहने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । व्यापारमा फाइदा हुनेछ, आम्दानीका नयाँनयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनको उपयोग गर्न सकिने छ । आध्यात्मिक विषयवस्तु र दर्शनशास्त्रमा रुचि जाग्ने छ, नयाँ ज्ञान प्राप्त हुनेछ । पढाइलेखाइमा राम्रै प्रगति गर्न सकिने छ । भाइबहिनी र छोराछोरीले खुसी तुल्याउने छन् । परिवारमा सुमधुर सम्बन्ध कायम हुनेछ । सरकारी र प्रशासनिक कामबाट लाभ लिन सकिने छ । सामाजिक सम्मान प्राप्त गर्न सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज कर्मसिद्धिको समय हो । आयआर्जनका स्रोत बढ्नेछन् । व्यापारमा राम्रै फाइदा हुनेछ । गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । मान्यजनको सेवासुश्रुषा र चाकरीमा समय दिनुपर्ने छ । धनागमका बाटाहरू खुल्ला रहने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन छ, जसबाट यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आतिथ्य ग्रहण गर्ने, सम्मानित हुने वा मेजमानीको अनुकूलता प्राप्त हुनेछ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला ।

कर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अष्टमस्थ चन्द्रमाका कारण त्यत्ति सरल दिन छैन । आँटेका काम बन्ने सङ्केत छैन । चन्द्रमा अशुभ गृहमा छ । परिस्थिति अप्ठ्यारो छ । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन । व्यावसायिक काममा खर्च बढ्नेछ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनु आवश्यक छ । चोटपटकको सम्भावना र धनमाल हराउने योग छ । सवारीमा सावधानी अपनाउनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रेम र मित्रताको बन्धनमा कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिने छ । नयाँ ज्ञान सिक्ने मौका छ । मन प्रसन्न रहनेछ । व्यावसायिक यात्राको सम्भावनासमेत छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला । शत्रुहरूको चलखेल बढे पनि विजय तपाईंको हातमा छ । विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ । आर्थिक लगानी गर्नुअघि जान्नेबुझ्ने र अनुभवीको राय लिनु बेस हुनेछ । मित्रबाट सहयोग जुटाउन सकिन्छ, तर रिस र आवेगलाई नियन्त्रण गर्नुपर्छ ।

bआज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।