0 COMMENTS

रुपन्देही१५असार / टिप्परले ठक्कर दिंदा जिल्लाको सैनामैना नगरपालिकामा एकको ज्यान गएको छ । नगरपालिकाको १० नम्बर वडामा पर्ने कटानी चोकबाट उत्तर दिशातर्फ जाँदै गर्दा ना ८ ख ३४०९ गरेको टिप्परले ठक्कर दिँदा एकको ज्यान गएको हो ।

अन्दाजी ३९ बर्षको जस्तो देखिएपनि मृतकको ठेगाना भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनी सडक छेउमा काम गर्दै गरेको अवस्थामा टिप्परले ठक्कर दिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

ठक्कपछि गम्भीर घाईते भएका उनलाई उपचारका लागि तत्काल बुटवलमा लगिएको थियो । तर शनिबार साँझ उनको उपचारको क्रममा ज्यान गएको हो । टिप्परको चालकलाई भने प्रहरी नियन्त्रणमा लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।