0 COMMENTS

काठमाण्डाै१३असार/  नेपाल सरकारको “एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान”लाई मुर्त रुप प्रदान गर्नको लागि नेपाली सेनाले पनि “एक जवान एक विरुवा (फलफूलको बोट) रोपण अभियान” को कार्यक्रम लागु गरेको छ । सोहि अभियान बमोजिम आज मिति २०७६ असार १३ गते प्रधानसेनापति महारथी  पूर्णचन्‍द्र थापाले जंगी अड्डा हाताभित्र विभिन्‍न जातका फलफूलका विरुवाहरु रोप्नु भई विरुवा रोपण अभियानको शुभारम्भ गर्नुभएको छ ।

 स्थानीय प्रतिनिधी तथा जनसमुदायको समन्वय, सहकार्य एवं सहभागीता जुटाई नेपाली सेनाका सबै पृतना, वाहिनी, गण र गुल्महरुबाट आ-आफ्नो जिम्मेवारी क्षेत्रका विभिन्‍न स्थानहरुमा द्रुतगतिमा व्यवस्थित तरिकाले व्यारेक हाताभित्र र बाहिर गरी १ लाख ५० हजार ९ सय ७७ वटा विभिन्‍न जातका स्थानीय हावापानी सुहाउँदो फलफूल तथा अन्य विरुवा रोपण, संरक्षण र सम्बर्द्धन गर्ने योजना अनुरुप प्रधानसेनापति  थापाको उपस्थितिमा जंगी अड्डा हाताभित्र २५० वटा विभिन्‍न जातका फलफूलको विरुवा रोपण कार्यक्रम सम्पन्‍न भएको छ  ।  उक्त कार्यक्रममा जंगी अड्डामा कार्यरत नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।