0 COMMENTS

काठमाडौं, असार ७ । विश्व हिन्दु युवा संघ अन्तर्रा्ष्ट्रिय समितिले धार्मिक विसंगति तथा विकृतिविरुद्वको बिचार गोष्ठी तथा राष्ट्रिय सम्मान कार्यक्रम आयोजना गरेको छ ।
शनिवार रिपोर्टस क्लब नेपालमा आयोजित कार्यक्रममा बिभिन्न पेशा तथा माध्ययमबाट धर्मको जर्गेना गर्ने ब्यक्तिहरुलाई सम्मान प्रदान गरेकोे छ । समितिका
केन्द्रिय अध्यक्ष सागर थापाको सभापतत्विमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारीले विसंगतिहरु हरेक नागरिकले आफैबाट शूरुवात गर्नुपर्ने धारणा ब्यक्त गरे ।

आत्म मुल्याङकलनबाट राम्रो सोच ल्याउन आवश्यक रहेको बताउदै उनले सरकारले विभिन्न विद्येयकहरु तानाशाही शासकको रुपमा ल्याउन खोजेको आरोप लगाए । गोरखापत्रले मात्र छाप्न मिल्नेगरि सरकारले मिडिया बिद्येयक ल्याउन खोजेको भन्दै उनले विधिको शासनको लागि भएका प्रयासलाई विफल पार्न खोजिएको गुनासो पोखे ।

त्यस्तै कार्यक्रममा बोल्दै बैंककेटेश्वर मन्दिर मुल पिठाधेश स्वामी श्री १०००८ पद्मा धराचार्यले प्रकृतिले विसंगति र विकृतिलाई हटाउदै लान बेदको जन्म भएको
धारणा राखेका छन ।

अहिले होली वाईन खाने र पशुपतिमा नजानेहरु धेरै रहेको बताउदै नारायणमा नै संसारिक चरित्र धुमिरहेको उनको भनाई छ । ‘हरेक मनुष्यको एक संकल्प हुन्छ । अनेक प्रकारका संकल्पहरुले संसार चलेको छ’–उनले बताए । मनुष्यको संकल्पलाई पुरा गराउन बेदको आवश्यकत्ता भएको उनले जनाए । उनले थपे,‘हाम्रा पुर्खाहरु, देव ब्यासिहरु जन्मेको पवित्र जन्म भुमिलाई बचाउन आजको आवश्यकता बनेको छ ।’ ०७२ साल जेठ ४ गते आफ्नै नेपाल आमामाथि बलात्कार भएको बताउदै उनले अझैपनि हिन्दु धर्मप्रति विश्वास राख्दै अघि बढ्न समय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।