0 COMMENTS

काठमाडाैं,असार०६/ बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्त हत्याकाण्ड प्रकरणमा पक्राउ परेका विशाल चौधरीले चार प्रहरीविरुद्ध यातना दिएको उजुरी दिएका छन् । भीमदत्त नगरपालिका–१८ सालघारीका १६ वर्षीय चौधरीले याताना दिएको भन्दै तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुखसहित चार प्रहरीविरुद्ध यातना कसुरमा उजुरी दिएका हुन् ।

बिहीबार चौधरीले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायत, प्रहरी नायब निरीक्षक प्रवक्ता कृष्ण राज ओझासहित चार जनालाई उजुरी दिएका हुन् । उजुरीमा दुई प्रहरीको नाम खुलाइएको छैन । विशालका बुवा वीरबहादुरको रहोबरमा यातानासम्बन्धी उजुरी दिएका हुन् ।

गत १९ मंसिरमा पक्राउ परेका विशाललाई दोस्रो दिन काठमाठौं पठाएको थियो । १८ मंसिरमा काठमाडौंबाट पक्राउ परेका प्रदीप रावलको बयानका आधारमा उनलाई पक्राउ गरिएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।