0 COMMENTS

काठमाडौं ०३ असार । पेट्रोलियम पदार्थ आपूर्ति गर्ने ट्यांकर ढुवानी व्यवसायीले अनिवार्य भ्याटमा जाने नियम कार्यान्वय गर्न खोजे हडताल गर्ने चेतावनी दिएका छन् । उनीहरुले सोमबार आयल निगमलाई एक पत्र लेख्दै १२ असारभित्रै भ्याटमा दर्ता हुन नसक्ने र त्यो नियम लागू गर्न खोजे देशव्यापी रुपमा पेट्रोलियम ढुवानी बन्द गर्ने धम्की दिएका हुन् ।

पेट्रोलियम पदार्थको ढुवानीमा सिन्डिकेट चलाइरहेका ट्यांकर ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले १२ असारपछि भ्याटको कारोबार अनिवार्य गरे ट्यांकरको साँचो आयल निगमलाई बुझाउने बताए । ‘हामी अहिले नै भ्याट कारोबारमा जाने अवस्थामा छैनौं ।’

आगामी आर्थिब वर्ष २०७६/७७ को बजेटले १२ असारदेखि सबै प्रकारका ढुवानी साधनलाई भ्याटको दायरामा ल्याउने नीति लिएको छ । तर, इन्धन ढुवानी व्यवसायीले आन्तरिक कारण देखाउँदै तत्कालै भ्याटमा जान नसकिने र जबर्जस्ती गरे इन्धन आपूर्ति रोक्ने आशयको पत्र निगमलाई दिएका छन् ।

देशभरका ट्यांकर व्यवसायीलाई १२ असारपछि साँचो बुझाउन तयारी अवस्थामा रहन पत्राचार गरिसकेको अर्यालले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।