0 COMMENTS

बासुदेव सेढाइ,लमजुङ ३२जेष्ठ/ बेसीशहर नगरपालिकाकाे युवा संजाल अध्यक्षमा निश्चल पाण्डे सर्वसम्मत चयन भएका छन्। जिल्ला युवा परिषदकाे कार्यलयमा सनिवार भएको युवाहरुकाे भेलाले पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरेका हुन । उपाध्यक्षमा सिर्जना बसाैला , सचिव कमल कुँवर ,काेषअध्यक्ष सुस्मिता राउत,सदस्य हरुमा क्षितिज पाैडेल,सुजन परियार,साजन थापा ,मनाेज गुरुङ रबिन बि. क ,महादेव गुरुङ रहेका छन् ।

अध्यक्षमा चयन भएका  पाण्डे चिति निवासी  उर्जावान युवा स्पष्ट बक्ता,ईमानदार , लगनशील ,रचनात्मक र सकारात्मक साेच भएका ब्यक्तिमा गनिन्छन् । नमुना संसदकाे प्रतिस्पर्धामा नगरपालिका र ४ नं प्रदेशमा प्रधानमन्त्री बन्न सफल भएका पाण्डेले युवाहरु लाई सहि नेतृत्व दिनेछन् भन्ने अासा धेरै युवाहरुले गरेका छन् । युवा संजालले युवाहरु लाई सामाजिक कार्यमा अगाडि बढाउने , युवहरुकाे नेतृत्व बिकास गर्ने , समाजमा रहेका सामाजिक विकृति विसंगति बिरुद्ध लड्ने । युवाहरुकाे हकहित र अधिकारका बारेमा अावाज उठाउने , युवाहरु लाई गलत बाटोमा हिड्न नदिन पहल गर्ने , राज्यका हरेक क्षेत्रमा युवा नेतृत्व स्थापित गर्न पहल गर्ने , गाउँ शहर समाज र देशकाे सकारात्मक परिवर्तनको लागि भुमिका खेल्ने समग्रमा युवाहरुका समस्याकाे पहिचान गरि त्यसको समाधानमा लाग्ने अध्यक्ष निश्चल पाण्डेले बताए ।

बेसीशहर नगरपालिका र जिल्ला युवा परिषदकाे सहकार्यमा संजालले युवा लक्ष्यित विभिन्न कार्यक्रम गर्नेछ । युवा संजाल गठन गर्न अायाेजित कार्यक्रममा जिल्ला युवा समिति लमजुङका अध्यक्ष बिबस बुढाथोकी ,लमजुङ उद्योग बाणिज्य संघका निवर्तमान महासचिव श्रीकृष्ण लामिछाने र लायन्स क्लब अफ लमजुङका सचिव राज रम्तेल सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।