0 COMMENTS

प्रतिभा भट्टराइ,काठमाण्डाै,२६ जेष्ठ / तारकेश्वर नगरपालिका वडा नं ४ स्थित मिलीजुली महिला वचत समूहका दिदीबहिनी हरु द्वारा सञ्चालित गोलढुंगा अर्किड योग साधना केन्द्र ले गत चैत्१८ गते देखि१० दिन सम्म दिएको उप शिक्षक तालिम काे कार्ड वितरण कार्यक्रम, पतञ्जलि याेग समिति हरिद्वार का कर्पोरेट सदस्य उद्धव तिमिल्सिना, पतञ्जलि याेग समिति नेपालकी केन्द्रीय महिला प्रभारी अर्चना घिमिरे, काठमाडौं जिल्ला महिला प्रभारी हीरा अधिकारी संगठन मन्त्री पवित्रा बास्कोटा तारकेश्वर नगर योग संयोजक जे बि रसाइली लगायत थुप्रै विशिष्ट योग शिक्षक हरुको उपस्थिति मा सम्पन्न गरेकाे छ ।

प्रमुख अतिथि जिल्ला महिला प्रभारी हीरा अधिकारी रहनु भएको उक्त भेलामा ४५ जना व्यक्तिहरू दीक्षित भएका छन्। कार्यक्रममा सम्पूर्ण उपस्थित व्यक्ति हरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि ले योग मा आएर दुई घण्टाको समय व्यतीत मात्र गर्ने नभई योगका बिधि तथा सावधानी हरुको ख्याल गर्दै तनमय भएर लागि पूर्ण लाभ लिनु पर्ने कुरा बताउनु भयो।

यसैगरी आज धेरै मानिसहरूको अस्वस्थकर जीवनशैली तथा बढदै जाने उमेर सँगै देखा पर्ने विभिन्न शारीरिक अनि मानसिक समस्या हरुको निराकरणका लागि योग एक उत्तम उपाय भएको हुनाले योग प्रति आफ्ना टोलबासीहरुमा आकर्षण बढाउने उद्देश्यले छिट्टै यो अर्किड साधना केन्द्र ले वरिपरिका टोलमा प्रभात फेरी कार्यक्रमको पनि आयोजना गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।