0 COMMENTS

काठमाडौं २३जेष्ठ/ सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा बिहीबार साँझ भीषण हावाहुरी आउँदा व्यापक क्षति भएको छ ।साँझ ८ बजेतिर कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा भीषण आँधीहुरी आएको दुबै जिल्लाका प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार दुई जिल्लामा आँधीहुरीबाट कम्तीमा २० जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर भएको जनाइएको छ ।

हावाहुरीका कारण धनगढीमा कम्तीमा १० जना घाइते भएका छन् । यस्तै रुखहरु ढल्नाका ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए ।

आँधीहरुबाट जिल्लाभरको जनजीवन प्रभावित बनेको र उद्दारकार्य जारी रहेकाले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए । उनका अनुसार ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध बन्न पुगेकाे छ । अहिले प्रहरीले उद्दार कार्य जारी राखेको उनले बताए ।

यस्तै कञ्चनपुरमा पनि हुरीको व्यापक प्रभाव परेको छ । विशेषगरी महेन्द्रनगर र आसपासको क्षेत्रमा हुरीको प्रभाव परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए । कञ्चनपुरमा हुरीबाट १० जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।स्थानीयले हुरीसँगै असिना समेत परेको बताएका छन् ।

प्रहरीले रातको समय भएपनि उद्दार कार्यमा सक्रियतापूर्वक लागिपरेको जनाएको छ । हुरीको धेरै प्रभाव कैलालीको धनगढी र कञ्चनपुरको भीमदत्तनगर क्षेत्रमा परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।