0 COMMENTS

रमिला बस्नेत, उदयपुर जेठ २३ । उदयपुरकाे चाैदण्डीगढी नगरपालिका बेल्टारमा जन्मिएका युवा गायक मुकेश कटुवालकाे स्वरमा चाैदण्डीगढी नामक गित सार्वजनिक भएको छ। बुबा मदन ब. कट्वाल र अामा गीता कु. कट्वालकाे काेखबाट वि.स. २०४४ भाद्र १५ गते उदयपुरको बेल्टारमा गायक मुकेशकाे जन्म भएकाे हाे । सानैदेखि गित संगितमा रुचि राख्ने र गित हरु गुनगुनाईराख्ने मुकेश विधालयमा पनि संगित प्रतिस्पर्धामा अगाडि अाउथेँ । २०५७ मा फेरि पनि भन्ने गितकाे बाेलबाट कट्वालले संगित क्षेत्रमा प्रवेश गरेकाे बताउछन्। हालसम्म फेरिपनि,पिपलपाते,अधुरो प्रेम,चाहना गरी ५ वटा एल्बम मुकेशले अाफै सार्वजनिक गरिसकेका छन्। उनले हालसम्म ७० गितहरु गाईसकेका छन्। गीतकार अन्जान किरातिकाे शब्दमा रहेकाे यस गितमा घुम्दै र फिर्दै गर्दा चाैदण्ढि बेल्टारमा भेटिएकी एउटी सुन्दरी केटिको बयान गरिएको छ ।

मुकेश कटुवाल अहिले निकै ब्यस्थ पनि छन् र आफ्नो सांगीतिक यात्रालाई पनि अगाडि बढाईरहेका छन हाल परदेशमा भए नि नेपाली गीतसंगीत लाइ निकै माया गर्छन र तेस्को परदेश बाट भएनी संरक्षण गर्दै आएका छन् । उनिमत्रै हैन यस गीतका रचनाकार अञ्जान किराति पनि परदेशमा नै बसेर आफ्नो गाउँ ठाउँ सम्झेर गित सार्वजनिक गरेका छन्।
[view_video url=”fINDKgWof9E”]

उक्त गीतमा मुकेश कटुवाल को भोकल, अनि अहिलेका चर्चित संगीतकार बिनय केटुको संगीत साथै संगीत संयोजनमा तयार भएको छ भने यस गीतको शब्द अन्जान किरातीको रहेको छ । यस गीतको बजार व्यवस्था पन दि एबी प्रिजेन्टले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।