0 COMMENTS

काठमाडाैं१६जेष्ठ/ सरकारले आगमी आर्थीक बजेट मार्फत मदन भण्डारीको नाममा दुईवाटा विश्वाविद्यालय बनाउने भएको छ । मदन भण्डारी प्रौद्योगिक विश्वाविद्यालय र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिने भएको हो ।

विज्ञान तथा प्रविधिको विकास विना उन्नत अर्थतन्त्र र आधुनिक राष्ट्र निर्माण सम्भव नभएको भन्दै विश्वस्तरको अध्ययन र अनुसन्धान विशिष्टीकृत विश्वविद्यालयको रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव गरेको अर्थमन्त्री युवराज खतिवाडाले बताउनु भयो । यसको लागि लागि रु १ अर्ब १० करोड बजेट व्यवस्था गरेको पनि जानकारी दिनुभयो ।

अर्थमन्त्री खतिवाडाले मदन भण्डारी प्रौद्योगिक विश्वाविद्यालय स्थापनाका लागि बजेट विनियोजन गरेको जानकारी दिनुभए पनि कति बजेट विनियोजन गरिएको छ भनेर स्पष्ट पर्नु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।