0 COMMENTS

काठमाडौं, जेठ ११/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समाज गठन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेकाछा उक्तकार्यक्रमा बाेल्दै  अध्यक्ष थापाले युवाहरुलाई देशमै उचित व्यवस्थापन गर्ने दुरगामी सोचका साथ राप्रपा क्रियाशिल रहेकोले पार्टीको उद्देश्यलाई साकार पार्न सम्पूर्ण युवा, विद्यार्थी तथा महिलाहरुलाई राप्रपाको झण्डामूनि गोलवद्ध हुन आग्रह गरे ।

 अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा राप्रपा अग्रणी शक्तिको रुपमा उदाउने बताएका छन् ।कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाबाट सयौंको संख्यामा युवा तथा महिलाहरु राप्रपामा प्रवेश गरेपछि अध्यक्ष थापाले परिवर्तनकारी भन्ने दलहरुको अकर्मण्यताकै कारण ४० लाख नेपाली युवाहरुले सामान्य रोजगारको लागि खाडी मुलुकमा पसिना बगाइरहनुपर्ने स्थिति आएको बताए ।

विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका नव प्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष थापाले अब संगठन विस्तारमा दत्तचित्त भएर लाग्न निर्देशन दिए । भारतको निर्वाचनमा हिन्दुत्वको एजेण्डा बोकेको भारतीय जनता पार्टीले छोटो समयमा प्रगति गर्दै प्रचण्ड वहुमत पुर्याएर सरकार बनाउन सक्छ भने हामीले मेहनत गर्दा आगामी निर्वाचनमा राप्रपालाई अग्रणी शक्ति बन्न बाट कसैले रोक्न नसक्ने उनले ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।