0 COMMENTS

काठमाण्डाै०९जेष्ठ/ विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधतामा रहि प्रकृति संरक्षणमार्फत नेपाली सेना र राष्ट्रको गौरव एवं प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याउनु भई “प्रकृति संरक्षण पदक (Nature Conservation Medal)” प्राप्त गर्नु हुने नेपाली सेनामा कार्यरत ६५०९ जना मध्ये रथीबृन्ददेखि महा सेनानीसम्मका २० जनालाई मिति २०७६/०२/०८ गते प्रधानसेनापति महारथी  पूर्णचन्द्र थापाले त्रिभुवन आर्मी अफिसर्स क्लवमा एक विशेष समारोहका बीच “प्रकृति संरक्षण पदक (Nature Conservation Medal)” प्रदान गर्नु भएको छ । सोहि अवसरमा उक्त पदक प्राप्त गर्नु हुने मध्ये समारोहमा उपस्थित प्रमुख सेनानीदेखि सिपाहीसम्मका ५० जनालाई बलाध्यक्ष रथी ” गौरव तण्डुलले उक्त पदक प्रदान गर्नु भएको थियो ।

 नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७५/०२/१३ गतेको वैठकको सैद्धान्तिक स्वीकृति पश्चात प्रकृति संरक्षण पदक प्रदान गर्ने स्थायी कार्यविधि अनुसार प्रत्येक वर्षको असोज ०३ गते (संविधान दिवस) प्रकृति संरक्षण कार्यमा योगदान पुर्‍याउने नेपाली सेनामा कार्यरत सकलदर्जालाई प्रकृति संरक्षण पदकबाट विभुषित गरिनेछ । उक्त समारोहमा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।