0 COMMENTS

काठमाडौं ३जेष्ठ/ संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघको अगुवाईमा नयाँ बानेश्वरमा पत्रकार , नागरिक समाज, मानवअधिकारकर्मी लगाएतले अाज नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्। पहिलो चरणको आन्दोलनको अन्तिम दिन आज पत्रकारहरुले आफ्ना सञ्चार साधनसहित प्रदर्शन गरेका हुन्।

विधेयकका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ यतिबेला आन्दोलित छ। महासंघले सञ्चारसम्बद्ध संघसंगठन र सरोकारवाला पक्षसँग छलफलसमेत गरिसकेको छ ।काठमाडौंबाहिर पनि आज जिल्ला सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।