0 COMMENTS

काठमाण्डाै१२बैशाख/  आज मिति २०७६ वैशाख १२ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपालगञ्जस्थित श्री नं.४ बाहिनी अड्डाको निरीक्षण भ्रमण पश्चात काठमाण्डौँ फिर्ता हुनु भएको छ ।

 निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति  थापाले उक्त वाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो ।साथै, उहाँ हिजो मिति २०७६ वैशाख ११ गते नेपालगञ्ज रंगशालामा सञ्चालन भएको आठौँ राष्ट्रिय खेलकुद समापन समारोहमा समेत सरिक हुनु भएको थियो ।

 मिति २०७५ चैत्र २७ गतेदेखि मिति २०७6 वैशाख ११ गतेसम्म सञ्चालन भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको सुरुदेखि अन्तिमसम्म उत्कृष्ट खेलहरु प्रदर्शन गर्दै १४० गोल्ड मेडल, ७९ रजत र ६७ कांस्य गरी जम्मा २८६ वटा पदकहरु प्राप्त गर्दै प्रतियोगितामा सहभागी टिमहरु मध्ये शिर्ष स्थान हासिल गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।