0 COMMENTS

काठमाण्डाै०७बैशाख/ प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा अाज वैशाख ०७ गते नेपाली सेनाद्वारा रुपन्देही जिल्लास्थित श्री मध्य पश्चिम पृतना हे.क्वा.को जिम्मेवारी क्षेत्रमा पर्ने मर्चवारमा सञ्चालित स्वास्थ्य शिविर, कपिलबस्तुस्थित श्री नारायणदल गणको सुरक्षा बेश स्युराज र चितवन जिल्लाको कसरास्थित श्री बटुकदल गणको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति  थापाले श्री नारायणदल गणको सुरक्षा बेश स्युराजमा रहेको स्युराज पार्कको अवलोकन गरी बृक्षारोपण गर्नुका साथै उक्त गण तथा सुरक्षा बेशको बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जाहरुलाई सम्बोधन गर्नु भएको थियो ।

सोही क्रममा प्रधानसेनापति  थापा रुपन्देही जिल्लास्थित जीतगढी किल्लामा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उजिर सिंह थापाको मुर्ति अनावरण तथा झण्डोत्तोलन कार्यक्रममा सहभागी समेत हुनु भएको थियो । उहाँ आज श्री बटुकदल गणमा मुकाम रहनु भई अन्तर्गत सुरक्षा बेशहरुको निरीक्षण भ्रमण पश्चात मिति २०७६ वैशाख ०८ गते काठमाण्डौँ फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।