0 COMMENTS

इनरुवा०४बैशाख / सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मङ्गलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलाम रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो । सिरहाबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख ५९६६ नंको यात्रुवाहक बसमा भण्टाबारीमा झर्ने क्रममा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालक सप्तरीको भारदहबाट पानी बेचेर भण्टाबारीतर्फ आउँदै गरेकामा भण्टाबारीमा झर्ने क्रममा बसबाट खसेका हुन् । सो बस र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।