0 COMMENTS

काठमाडौं, ३ चैत्र । कवि तथा साहित्यकार, प्रथम मेचि–महाकाली साहित्यिक धावक लक्ष्मण सापकोटा ‘विकल्प’ ले प्रथम साहित्यिक सगरमाथा आरोहणको क्रममा रिपोर्टर्स क्लब नेपालको झण्डा सगरमाथाको चुचुरोमा फहराउने भएका छन् । मंगलबार साँझ रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गरेर क्लबका सभापति ऋषि धमलाले सापकोटालाई क्लबको लोगो अंकित झण्डा हस्तान्तरण गरेका छन् । सापकोटाले अगामी जेठको पहिलो साताभित्र सगरमाथा आरोहण गरिसक्ने विश्वास दिलाए ।

उनको टिम अहिले सगरमाथाको आधार शिविर पुगिसेकको छ । क्लबको झण्डा हस्तान्तरण गर्दै सभापति धमलाले सफल सगरमाथा आरोहणको लागि शुभकामना दिए । उनले भने,‘सापकोटाजी सबै साहित्यकारहरुको प्रतिनिधित्व गरेर किर्तीमानी आरोहणमा निस्किँदै हुनुहुन्छ, यो हामी सबैको लागि खुशी र गौरवको विषय हो । त्यसमा पनि देशका सबै पत्रकारहरुको प्रतिनिधित्व गरेर क्लबको झण्डा बोकेर आरोहणमा निस्किन लाग्नुभएको छ, हामी सबै हर्षित छौं । म २० हजारको पत्रकारको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’

सापकोटाको आरोहण सबै साहित्यकारहरुको लागि मार्ग्निर्देश बन्नेपनि धमलाको भनाई छ । उनले भने,‘हिमाल चढ्न आँट, साहस र मेहनत चाहिन्छ । उहाँ विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो साहित्यक आरोही बनेर किर्तीमानी राख्न जाँदैहुनुहुन्छ । उहाँ सफल हुनेमा हामी विश्वस्त छौं ।’ सापकोटाको यो

अभियानमा रिपोर्टर्स क्लबलगायत सिँगो पत्रकारिता जगतको साथ, सहयोग र समर्थन रहेको पनि धमलाले विश्वास दिलाए । उता, क्लबको झण्डा ग्रहण गर्दै आरोहणमा निस्किन लागेका साहित्कार सापकोटाले खुशी व्यक्त गरे । उनले आफू सगरमाथाको सफल आरोण गर्नेमा पूर्ण विश्वस्त रहेको पनि स्पष्ट पारे । क्लब र यसका सभापति धमलाले आफ्नो सर्वा्धिक महत्वपूर्ण अभियानमा साथ र सहयोग गरेकोमा आफू निकै खुशी रहेको बताउँदै आभारी व्यक्त गरे ।

सापकोटाले भने,‘क्लबको सहयोग र साथले मलाई थप उर्जा प्रदान गरेको छ। क्लबको लोगो अंकित झण्डा बोकेर म चुचुरोमा फरफराउनेछु ।’
सर्वोच्च शिखर सगरमाथा आरोहणमा ५ वटासम्म विश्व कीर्तिमान बनाई पहिलो नेपाली साहित्यकारको रुपमा विश्वको ध्यानाकर्षण गराउने लक्ष्य रहेको सापकोटाको भनाई छ । साहित्यकार तथा धावक ‘विकल्प’ले आफु साहित्यिक ब्यानर बोकेर सगरमाथा चढ्ने

पहिलो साहित्यकार बन्न गैरहेको दाबी गरे । सम्पुर्ण नेपाली साहित्यकारहरुको प्रतिनिधित्व गर्दै सर्वोच्च शिखरमा उभिएर कविता वाचन गर्ने विश्वको पहिलो कवि बनी विश्व कीर्तिमान बनाउनेपनि उनले विश्वास दिलाए । सर्वोच्च शिखर सगरमाथामा नेपाली सामाजिक उपन्यास ‘झट्केली’ को लोकार्पण गर्दे नेपाल प्रज्ञा–प्रतिष्ठानको लोगो, गौतम बुद्धको मुर्ती, पशुपतिनाथ मन्दिरको आकृति, गीता र त्रिपिटकलाई पनि शिखरमा पु¥याउने सापकोटाले सुनाए । मेची महाकालीको माटो तथा पानी, कौडिन्य ऋषिको मुर्ति, राष्ट्रकवि र शताब्दि पुरुष सत्यमोहन जोशीद्धारा हस्ताक्षर गरेको रामायण तथा बिभिन्न ३० जति श्रष्टाहरुको फोटोपनि सगरमाथामा प्रर्दशन गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।

उनले हिमाललाई आधार बनाएर नेपाली साहित्यको विकास गर्नुपर्ने धारणा सुनाए । उनले भने,‘समुन्द्र भएका देशहरु पानी र समुन्द्रको बारेमा साहित्य सृजना गर्छन, मरुभुमि भएका देशहरु बालुवा र मरभुमिको बारेमा साहित्य कोर्छन भने हामीले हिमालको बारेमा साहित्य किन नकोर्ने ?’ आफुद्धारा लिखित पुस्तक
‘इम्जात्से हिमशिखर चुम्दा’ र महाकबि देवकोटाको मुना–मदन पनि संगै चुचुरोमा लैजाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।