0 COMMENTS

नमराज भट्ट,चैत्र २२ बाजूरा/ सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिम प्रदेशको आर्थिक र प्राबिधिक सहयोग र बुढिनन्दा नगरपालिकाको आयोजनामा बाजुराको कोल्टीमा दुई दिने आयुर्वेद सहितको विशेषज्ञ सहितको स्वास्थ्य शिविर सम्पन्न भएको छ।

उक्त शिविरमा १५१८ जनाले स्वास्थ्य चेकजाँच गरेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका प्रमुख डा.गणेश चौधरीले बताए।स्वास्थ्य शिविरमा बाल रोग, स्त्री तथा प्रसुती रोग ,हाडजोर्नी , आयुर्वेद सम्बन्धि र दाँत र अाँखा सम्बन्धि पनि सेवा दिईएको थियो। विशेषज्ञ सेवा दिने क्रममा स्त्रीरोग विशेषज्ञ डा .रामहरी दहाल,बाल रोग विशेषज्ञ डा .ललित सुरी,हाडजोर्नी विशेषज्ञ डा .पुकार राणा र आयुर्वेद विशेषज्ञ डा . चेतराज जोशीले,जनरल विशेषज्ञ डा .सिर्जना महर्जन नर्सिङ अधिकृत सीमा शर्मा ,सामाजिक मन्त्रालयबाट जनस्वास्थ्य अधिकृत रमेश कुवर र जयराज भट्ट ,भेक्टर कन्ट्रोल सुपरभाइजर सिद्धराज भट्ट र कबिराज दीक्षा भण्डारीको उपस्तिथि रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डा .चौधरीले जानकारी दिएका छ्न। शिविरमा निशुल्क औषधी पनि बितरण गरेको थियो।सुदुरपश्चिम प्रदेशका प्रदेशसभा सांसद बलदेव रेग्मीले दुई दिने स्वास्थ्य शिविरको ब्यानर खोलेर उद्घाटन गर्नु भएको थियो।

प्रदेश सरकारले यो कार्यक्रम गत वर्ष गर्न खोजेतापनी प्रतिकुल मौसमका कारण हुन नसकेको बताए।स्वास्थ्य संबेदनशिल भएकोले सांसद रेग्मीले यो शिविरबाट अधिकाशं मानिसहरूले सेवा लिन सक्ने बताए ।यस्तो शिविरबाट धेरै मानिसले उपचार पाउने भएकाले समय समयमा गरिराख्ने सांसद रेग्मिले बताए । कार्यक्रमका बिशेष अथिती जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रिकायाले सुदुरपश्चिमको बिकट बाजुरा जस्तो जिल्लामा विशेषज्ञ सेवा पाउदा कोल्टीबासी खुसी रहेको बताउनु भयो। बुढीनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मीको अध्यक्षतामा शिविर सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।