0 COMMENTS

प्रतिभा भट्टराइ २० चैत्र/ “स्वस्थ समाज निर्माणका लागि योग “भन्ने नारा सहित २०७५ चैत १८ गते देखि सुरु भई सात दिन सम्म चल्ने गरी तारकेश्वर नगरपालिका वडा नं ४ को पुरानो गुहेश्वरी स्थित अर्किड एकेडेमीको प्राङ्गणमा योग उप शिक्षक तालिम सञ्चालन भइरहेको छ।

प्रमुख अतिथी कैलाश प्रधानको आतिथ्यमा दीप प्रज्जवलन सहित विधिवत् उदघाटन गरीएको उक्त तालिममा पतञ्जलि योग समिति नेपाल काप्रदेश ३ सह प्रमुख मोहनमान श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष सुरेन्द्र रिमाल, महिला प्रभारी हीरा अधिकारी, युवा प्रभारी केदार बुर्लाकोटी लगायत प्रदीप मानन्धर, श्याम कृष्ण मानन्धर, नरेन्द्र खतिवडा तथा अमर प्रसाद श्रेष्ठ योग गुरुहरूको उपस्थिति रहेकाे सो तालीमको उदेश्यआफू सक्षम हुने र अरूलाई पनि सक्षमता पूर्वक जीवन यापन गर्न सघाउ पुर्याउने र हरेक क्षेत्रमा योग केन्द्र हरु खोली हरेक घर परिवार र समाज योग मय बनाउने प्रयास गर्नु रहेको छ।

प्रत्येक दिन योगका छुट्टा छुट्टै बिषयको जानकारी फरक फरक गुरूहरुबाट गराइने यो तालिममा ३० जना जति सहभागी हरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।