0 COMMENTS

वि.सं. २०७५ चैत्र ०३ गते आइतबार तदनुसार ई. सं. २०१९ मार्च १७ तारिख, फाल्गुन शुक्ल एकादशी, पुष्य (तिष्य) नक्षत्र, कर्कट राशिको चन्द्रमा, अतिगण्ड योग, विष्टि (भद्रा) र बब करण , आजको चाडपर्व र उत्सव : आमलकी एकादशी व्रत, रविपुष्य योग, आजको मूहुर्त : द्रव्यप्रयोग वा लगानी, कलशचक्र, भोलिको चाडपर्व र उत्सव : सोम प्रदोष व्रत, गोविन्द द्वादशी, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), अक्षरारम्भ, कलशचक्र,

आजका लागि अशुभ समय :
राहु काल : साँझ ०४:४२ देखि ०६:१२ सम्म, यमघण्ट : दिउँसो १२:१३ देखि ०१:४३ सम्म, गुलिक काल : दिउँसो ०३:१३ देखि ०४:४२ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :
शुभ वारवेला : दिउँसो ०१:४३ देखि ०३:१३ सम्म, अमृत वारवेला : दिउँसो १०:४४ देखि १२:१३ सम्म, लाभ वारवेला : बिहान ०९:१४ देखि १०:४४ सम्म, भोलि कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा स्त्रीको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने चामल वा दूध खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
चन्द्रमा अनिष्ट भए पनि शुभ ग्रहको प्रभावले परिवारजनमा आत्मीय भाव बढ्ने तथा मान्यजनको आशीर्वचन प्राप्त हुने समय छ । कमजोरीलाई सुधार गरी आगामी कार्यप्रगति तर्फ लम्कने अवसर आउने छ । नचिताएको स्थानबाट धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् । पारिवारिक सहयोग प्राप्त हुनेछ ।

शुभरङ्ग : गाढा रातो, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : शिवर्पावती, अशुभ रङ्ग : गाढा नीलो, अशुभ अङ्क : २, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम, न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने, के नगर्ने : गोपनीयता भङ्ग

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुनसक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका आकाङ्क्षा पूरा गर्न सकिने छ । खर्चको अनुपातमा आम्दानी धेरै हुने दिन छ । परिश्रम र मिहिनेतको प्रतिफल आशाअनुरूप प्राप्त हुनेछ । नचिताएको ठाउँबाट उठ्नुपर्ने रकम अचानक हातमा आइपुग्ने छ । नियमित र स्थायीकाममा भन्दा नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ ।

शुभरङ्ग : गाढा हरियो, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : हनुमान्, अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे, अशुभ अङ्क : १, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने, के नगर्ने : साथीभाइको बेवास्ता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मुखमा कमजोर चन्द्रमा रहेकाले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । बोलीमा संयमता अपनाउनु होला । स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको सम्भावना छ । कुनै नयाँ काममा हात हाल्ने विचारमा हुनुहुन्छ भने जान्नेबुझ्नेको राय लिनु राम्रो हुन्छ । तर्क, बहस, छलफल र प्रतियोगितामा सफलता प्राप्त हुने छैन । विलासिताका क्षेत्रमा धन खर्चको योग छ । कामको दायित्व क्रमशः बढ्दै जानेछ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन ।

शुभरङ्ग : सेतो वा उज्यालो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : लक्ष्मी माता, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : ९, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी, के नगर्ने : बोलीवचनमा कडापन

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ तथापि आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ ।

शुभरङ्ग : हलुका रातो, शुभअङ्क : ५, शुभदिशा : पूर्व, इष्टदेवता : गणेश, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ८, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : मन उत्ताउलो नबनाउने, के नगर्ने : हतारमा निर्णय

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बाह्रौं भावमा चन्द्रमा रहेकाले हाँके÷ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । धननाशको योग छ, सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिन मनलाग्छ । मानसिक एवं बौद्धिक क्षमतामा कमी भएको महसुस हुनेछ । नजिकैको आफन्त वा नातेदारसँग चित्त नबुझ्न सक्छ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन ।

शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे, शुभअङ्क : ८, शुभदिशा : उत्तर, इष्टदेवता : कालभैरव, अशुभ रङ्ग : हरियो÷चम्किलो, अशुभ अङ्क : ७, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी, के नगर्ने : याचकको अपमान

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ ।

शुभरङ्ग : सेतो वा सुन्तले, शुभअङ्क : ७, शुभदिशा : पश्चिम, इष्टदेवता : शिवजी, अशुभ रङ्ग : घिउरङ्ग÷बैजनी, अशुभ अङ्क : ६, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय, न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : रचनात्मकता र र्जनात्मकतामा जोड दिने, के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कर्मसिद्धिको समय छ । हाँके÷ताकेका काममा सफलता आर्जन हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाई र नातागोताले साथ दिनेछन् । आम्दार्नीका नयाँ मार्ग देखा पर्नेछन् ।

शुभरङ्ग : नीलो, शुभअङ्क : ६, शुभदिशा : दक्षिण, इष्टदेवता : भोलेशङ्कर, अशुभ रङ्ग : कलेजी, अशुभ अङ्क : ५, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः न्यूनतम जापसङ्ख्या : २३, के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा. बलप्रयोग नगर्ने, के नगर्ने : उदासीनता÷नैराश्यता

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक अनुष्ठान र मङ्गलमय कृत्य सम्पादन हुनसक्छन् । भाग्योन्नतिको समय छ ।

शुभरङ्ग : बैजनी वा पहेंलो, शुभअङ्क : १, शुभदिशा : पूर्व, इष्टदेवता : विष्णु अशुभ रङ्ग : चम्किलो÷उज्यालो, अशुभ अङ्क : ४, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय, न्यूनतम जापसङ्ख्या : १९, के गर्ने : कुलधर्म र परम्पराको अनुसरण, के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विभिन्न समस्याहरू झेल्ने समय छ । त्यसैले आज लडाइँ, झगडा र वादविवादमा आकर्षित नभएको जाति हुन्छ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने सम्भावना छ, खर्च गर्दा होस राख्नुपर्छ । उता घरपरिवार र कार्यक्षेत्रमा पनि राम्रो छैन । गृहिणीले मानसिक तनाव, व्यापारीले घाटा, विद्यार्थीले अनावश्यक बखेडा र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । यात्रा घातक बन्न सक्छ, सचेत र सावधान भई ड्राइभिङ गर्नुपर्छ अनि लामो यात्रामा जानु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । शरीरमा आलस्यले डेरा जमाउने छ । आज धन, धर्म र भाग्यमा कमी हुने दिन हो ।

शुभरङ्ग : ध्वाँसे, शुभअङ्क : ४, शुभदिशा : उत्तर, इष्टदेवता : सङ्कटा देवी, अशुभ रङ्ग : हरियो, अशुभ अङ्क : ३, अशुभ दिशा : पश्चिम, कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यैै नमः न्यूनतम जापसङ्ख्या : १०, के गर्ने : नैराश्यभाव त्याग गर्ने, के नगर्ने : तीव्रगति र हडबड

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
एकाबिहानै मनमा चिन्ता शंका र छटपटी सिर्जना हुनसक्छ, कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ । ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन । आफन्तले समेत भावनाको मूल्यांकन नगर्दा मन रुमल्लिन सक्छ, वर्तमान समयलाई धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ ।

शुभरङ्ग : सुन्तले, शुभअङ्क : ३, शुभदिशा : पश्चिम, इष्टदेवता : विष्णुलक्ष्मी, अशुभ रङ्ग : पहेंलो, अशुभ अङ्क : २, अशुभ दिशा : दक्षिण, कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः न्यूनतम जापसङ्ख्या : ११, के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल, के नगर्ने : परिवारको बेवास्ता

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । चुनौती, सङ्र्घर्ष र प्रतिस्पर्धामा दौडधूप दिंदादिंदै आजको दिन बितेको पत्तो पाइँदैन ।

शुभरङ्ग : छिर्केमिर्के बुट्टे, शुभअङ्क : २, शुभदिशा : दक्षिण, इष्टदेवता : गणेश, अशुभ रङ्ग : सुन्तले÷गुलाबी, अशुभ अङ्क : १, अशुभ दिशा : पूर्व, कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः न्यूनतम जापसङ्ख्या : ०८, के गर्ने : खानपानमा नियन्त्रण, के नगर्ने : आवेग, घमण्ड र क्रोध

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पाँचौं चन्द्रमाले मिश्रित फल प्रदान गर्ने छ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आत्मबलमा कमी आउने छ, निर्णय कार्यान्वयन हुन सक्दैनन् । हल्लाको भर पर्दा दुस्ख पाइने छ तर मिहिनेत गर्दा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । तर मन भावना, खेलवाड र कल्पनामा अल्मलिन सक्छ, सचेत रहनु होला । दिगो फाइदा हुने काम प्रारम्भ गर्नु अघि जान्नेबुझ्ने र अनुभवीको सल्लाहलाई मानेको राम्रो हुनेछ । इच्छाशक्ति बढे पनि त्यसले झन् निराशालाई बढावा दिने छ । सन्तति र भाइबहिनीको काममा खट्नु पर्ने दिन छ ।

शुभरङ्ग : गाढा हरियो, शुभअङ्क : ५, शुभदिशा : पूर्व, इष्टदेवता : सूर्यदेव, अशुभ रङ्ग : कालो, अशुभ अङ्क : ३, अशुभ दिशा : उत्तर, कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः न्यूनतम जापसङ्ख्या : ०७, के गर्ने : छोराछोरीको उन्नति÷प्रगतिको जानकारी लिने, के नगर्ने : अल्छी र अकर्मण्यता

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी÷सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।