0 COMMENTS

लहान, २ चैत/ हावाहुरीसँगै सप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरमा आज दिउँसो भएको आगलागीमा १० घर जलेर नष्ट हुँदा करीब रु २६ लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय बद्री मण्डलको घरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा स्थानीय आठ परिवारको १० घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको नगद, खाद्यान्न, फर्निचर, लुगा, भाँडाकुँडालगायत सम्पूर्ण सामान जलेर नष्ट हँुदाँ सो परिमाणको क्षति भएको इलाका प्रहरी कार्यालय कड्रबोनाले जनाएको छ ।

लहान नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको दुई घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको बताइएको छ । आगलागी के कारणले भयो भन्ने खुल्न नसकेको स्थानीयको भनाइ छ ।

फरार एक पक्राउ

चोरी मुद्दामा अदालतबाट सजाय पाएर फरार भएका एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट चोरी मुद्दामा सजाय पाएर फरार सिरहाको नबराजपुर गाउँपालिका ५ निवासी ३० वर्षीय सन्तोष यादवलाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरीले आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा यादवलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।