0 COMMENTS

काठमाडौं ३० फागुन/ सरकारले ५ लाख भन्दा कमको कारोबार गर्ने सेयर लगानीकर्तालाई स्थायी लेखा नम्बर (प्यान) लिनु नपर्ने जनाएको छ ।आगाम बैशाख १ गतेबाट सेयर लगानीकर्ताहरुका लागि प्यान नम्बर अनिवार्य गर्ने भनिएकोमा एक पटकमा ५ लाख भन्दा कमको कारोबार गर्ने साना लगानीकर्तालाई त्यो लागू नहुने भएको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार आगामी बैशाख १ गतेबाट दोस्रो बजारमा एक पटकमा ५ लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्ताहरुले भने अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने हुन्छ ।

साना-ठूला सेयर लगानीकर्तालाई करको दायरामा ल्याउन चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजार मार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था गर्ने विषय समेटिएको थियो ।

तर, लगानीकर्ता तथा सम्वद्धपक्षहरुसँगको छलफल तथा अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार बोर्डले साना लगानीकर्तालाई प्रोत्साहन गर्न ५ लाख भन्दा कमको सेयर कारोबार गर्ने लगानीकर्तालाई प्यान नम्बर अनिवार्य नगर्ने निर्णय भएको जनाएको छ ।

‘…साना लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा गर्न सक्ने व्यवस्था गर्ने नेपाल धितोपत्र बोर्डले निर्णय गरेको छ । लगानीकर्ताहरु तथा अन्य सरोकारवालाहरुको सुझाव अनुसार गरिएको यस व्यवस्थाले दोस्रो बजार कारोवारमा स्थायी लेखा नम्बर कार्यान्वयन सहज रुपमा अगाडि बढ्ने अपेक्षा बोर्डले गरेको छ’, बिहीबार बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।