0 COMMENTS

काठमाडौं २२फागुन/ पाकिस्तानी प्रधानमन्त्री इमरान नेतृत्वमा बनेको सरकारका एक मन्त्रीले पदबाट राजिनामा दिएका छन् । प‌ञ्जाव प्रान्तका सूचना तथा संस्कृति मन्त्री फैयाज उल हसन चौहान मन्त्री पदबाट पदमुक्त भएका हुन् । मन्त्री फैयाज उल हसन चौहानले हिन्दु धर्मावालम्बी हरुलाई गाईको पिसाब खाने मानिस भन्दै अपमानजनक टिप्पणी गरेपछि पदबाट हटाइएको हो ।

पदबाट हटाइएका मन्त्री पाकिस्तान तहरिक ए इन्साफ पीटीआई का नेता तथा पञ्जाबका सूचना, संस्कृति मन्त्री थिए । हिन्दु धर्मको अपमानजनक टिप्पणी गरे पछि मन्त्री फैयाज उल हसन चौहान निकै आलोचित भएका थिए । त्यपस्चात उनलाई पंजावका मुख्य मन्त्री सरदार उस्मान बुजदारले स्पष्टिकरण मागेका थिए ।

त्यसलत्तै उनले राजिनामाको घोषणा गरेका हसन् । मुख्यमन्त्री बुजदारले इमरान खान नेतृत्वमा भएको पार्टीमा कुनै पनि किसिमका विभेद निम्त्याउने गतिविधि नहुने प्रतिक्रया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।