0 COMMENTS

पर्वत, ८ फागुन /विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो । नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।