0 COMMENTS

 नमराज भट्ट, चितवन सौराहा फागुन २, सौराहा सामुदायिक स्वास्थ्य केन्द्र तथा रेस्टुरेन्टबार एसोसिएसन नेपालको आयोजना र चितवन मोडेल अस्पतालको सहयोगमा सौराहा फुड फेस्टिबलमा निशुल्क सुगर प्रेसर शिबिर सप्पन्न भएको छ।

निशुल्क शिविरमा २०० जनाले चेकजाँच गर्ने क्रममा ५५ जनामा सुगुर १७ जनामा प्रेसर बढी र अन्यमा समान्य रहेको चितवन मोडेल अस्पतालका चिकित्सक डा.सन्तोष भुसालले जानकारी दिएका छ्न। उक्त शिविरमा डा.प्रमोद कुमार दासले पनि सहयोग गरेका थिए। शिविरको समायोजन सौराहा सामुदायिक केन्द्रको तर्फबाट दिपेन्द्र खरेल र रेस्टुरेन्टबार एसोसिएसन सौराहाबाट गोकर्ण गिरिले गरेका थिए।

चितवन पुर्वी भेगमा रहेका गरिबी जनतालाई लक्षित पारेर निशुल्क शिविर चलिरहने डा. भुसालले बताए ।चितवनको पुर्बी भेगमा छोटो समयमा बिस्वस्नियताको छाप छोड्न सफल युवा चिकित्सक डा. भुसालको उल्लेखनीय योग्दान रहि आउदै गरेको छ। साथै उल्लेखनीय र उत्कृष्ट काम गरेको भन्दै डा .भुसाललाई शिबिर कार्यक्रमको अवसर पारेर रेस्टुरेन्टबार एसोसिएसन नेपाल सौराहाका अध्यक्ष गोकर्ण गिरिले सम्मानपत्र दिएर सम्मान गरेका छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।