0 COMMENTS

नमराज भट्ट,१८माघ/सौराहा सामुदायिक स्वास्थ्यकेन्द्रको सहयोगमा चितवनको भन्डार पढरिया बिद्यालयमा केशव पाण्डेको प्रमुख अथितिमा स्वास्थ्य सिविर सम्पन्न भएको छ।विशिष्ट अथितीमा लोकप्रिय गायक मिलन लामा र अथितिमा चितवन मोडेल अस्पतालका केदार सुबेदी रहेका थिए।

स्वास्थ्य शिविरको कार्यक्रम दीपेन्द्र खरेलले संचालन गर्नु भएको थियो। शिविरमा १५० जना ससना बालबालिकालाई चेकजाँच गरिएको छ।जसमध्ये ४० जनामा कानको समस्या ,३० जनामा नाकको समस्या र करिब ८० जनामा छालाको समस्या भएको चितवन मोडेल अस्पतालका कार्यरत चिकित्सक डा सन्तोष भुसालले आनकारी दिनु भएको छ।सौराहा स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक हरुले स्वास्थ्य सम्बन्धि जनचेतना दिएका थिए।उक्त शिविरमा बिरामिहरुलाई औषधि बितरण गरेको डा.भुसालले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।