0 COMMENTS

काठमाण्डाै०७माघ०७५/ नेपाली सिनेमा क्षेत्रमा लामो समय आफनो अभिनयबाट योगदान दिएका बरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । चरित्र अभिनेता तथा नकरात्मक भुमिकामा समेत काम गरिसकेका मुनालको सोमवार बिहान वीर अस्पतालमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ्य रहेका मुनालको निधन हुनुको कारण भने खुलेको छैन ।

सशक्त अभिनयसंगै वजनदार आवाजको कारण पनि रुचाईएका उनले फिल्महरुसंगै विभिन्न चर्चित टेलिश्रृङखलाहरुमा काम गरेका थिए । उनको केहीबेरमै अन्तिम संस्कार गरिँदैछ । उनको निधनमा यतिबेला चलचित्रकर्मीहरुले दुख तथा शोक व्यक्त गरेका छन् । उनको पार्थिव शरिरमा अन्तिम श्रद्धान्जली अर्पण गर्न दर्जनौँ कलाकारहरु पशुपती आर्यघाट पुगेका छन् ।

उनले लभ लभ लभ , एक पल ,सेतो बाघ, शिरीषको फूल, दिदी भाई ,मिस्टर डन लगायतका फिल्महरुमा काम गरेका छन् भने उनको अभिनय रहेको फिल्म गोपी माघ १८ बाट रिलिज हुँदैछ । सम्भवत यो नै उनको अन्तिम फिल्म हुनेछ । कलाकार गणेश मुनालप्रति समाजकाे अावाज  हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछाै   ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।