0 COMMENTS

काठमाडौं, माघ २ / काठमाडौंमा मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’को सेवामा ट्राफिक प्रहरीले रोक लगाएको छ । दुवै कम्पनीले मोटरसाइकल धनीले अर्को व्यक्तिलाई गन्तव्यसम्म पुर्‍याउने सेवाका लागि मध्यस्थता गर्दै आएका छन् ।

टुटलले दुई वर्षदेखि सेवा दिइरहेको छ भने पठाओ केही महिनाअघि मात्रै सञ्चालनमा आएको हो ।मोटरसाइकलमा यात्रु ओसार्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरी कारबाही गर्न थालेको छ । दुवैको सेवा गैरकानुनी भएको ट्राफिक प्रहरीको भनाइ छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।