0 COMMENTS

 झापा २३पुस०७५/ झापा, कमल गाउँपालिका–७ को कार्यालय भवन निर्माणका लागि स्थानीय दाताले पाँच कट्ठा जमीन निःशुल्क उपलब्ध गराउनुभएको छ । 

कमल गाउँपालिका–७ घर भएका आमा देवीमाया, छोराद्वय टङ्क र गोविन्द चम्लागार्इंले संयुक्तरुपमा करीब रु ३० लाख मूल्य पर्ने पाँच कट्ठा जमीन दान दिनुभएको वडा कार्यालयले जनाएको छ । 

दाताले आइतबार मालपोत कार्यालय दमकमार्फत वडा कार्यालयलाई जग्गा रजिष्टे«शन पास गरिदिनुभएको वडाध्यक्ष पृथीपति राईले बताउनुभयो । दाता परिवारले स्थानीय सरस्वती माध्यमिक विद्यालय नजिकै दान दिनुभएको जग्गामा यसै वर्षदेखि वडा कार्यालयको भवन निर्माण शुरु गरिने वडाध्यक्ष राईले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।