0 COMMENTS

रमिला बस्नेत १९उदयपुर पुस०७५/ पुर्वी पहाडी जिल्ला भोजपुर वासीखोरामा २८ वर्ष अघि जन्मिएका हाँस्यकलाकार गणेस इसाराले धरानबाट गणेश ईसारा अल नेपाल एकल कमेडी शो–२०७५ सुरु भएको छ ।

ईसारा विगत २ दशकदेखि अनवरतरुपमा हाँस्य क्षेत्रमा क्रियाशील कलाकार हुन् । अल नेपाल इशारा एकल कमेडी शो यो एउटा सामाजिक सेवाको लागि समर्पित कार्यक्रम भएको उनले बताएका छन् । शनिबार धरानमा बाट कलाकार इशाराले कार्यक्रमबाट संकलित रकमले समाजसेवी विरमाया राई (शोभोमा) अक्षय कोष निर्माण गर्ने बताए । उनले पुस १४ गते धरानबाट आफनो पहिलो कमेडी शो सुरु गरिएको जनाएका छन् ।

समाज सेवी बीरमाया राई (सोभोमा) को जन्मदिनको अवसर पारेर कमेडी सो सुरु गर्न लागेको कलाकार ईशाराले बताए । उनले छ महिनामा मुलुकका विभिन्न शहरहरु उदयपुरको सुन्दरपुर चितवन, पोखरा, दोलखा, सिन्धुपाल्चोक र काठमाडौमा एकल केमेडी शो गर्ने जानकारी दिए । हाँस्यकलाकार ईशाराले यस पटक धरानस्थित पुर्वाञ्चल बागिना कला केन्द्रको आयोजनामा एकल कमेडी शो भएकाे छ ।

उनले कमेडी शो र विभिन्न सांगितिक कार्यक्रम गरेर यसअघि भोजपुरकी सृजना राई, दोलखाकी कौशीका ठकुरी, खोटाङका हस्तबहादुर तामाङ, खोटाङकै ललिता चाम्लिङ सुब्बा, धरान बस्दै आएका भोजपुरका मुटु रोगी राजेन्द्र राई लगायतलाई आर्थिक सहयोग गरिसकेका छन । दर्जन भन्दा बढी स्टेज शोहरु गरिसकेका उनले यसअघि ०७१ सालमा काठमाडौंको नाचघरमा पहिलो पटक कमेडी एकल शो गरेका थिए । कमेडी शो बाट संकलित समाज सेवी बीरमाया राई ‘सोभोमा’ अक्षय कोष निर्माण गरेर सोही अक्षयकोषले अनाथ बालबालिका, गरिब, बिपन्न समुदाय, जेहेन्दार विद्यार्थी, वृद्धवृद्धा बिरामीको उपचारमा खर्च गरिने ईसाराले बताए ।

देशभर दर्शक माझ प्रतक्ष्य रुपमा प्रस्तुती दिएर दर्शक एवं श्रोताको मन मस्तिष्कमा बस्न सफल भएका छन् ईसारा । इसाराले नेपालका विभिन्न स्थान साथै देश विदेश हङकङ र भारतमा समेत आफ्नो प्रस्तुती दिईसकेका छन् । हास्य व्यङ्ग्य क्षेत्रमा गणेश इसाराको छुट्टै पहिचान छ । उनले निकालेका गाइजात्रा भिसिडीहरु २०६४ साढेतन्त्र , २०६५ भद्रगोल डटकम , २०६६ सदन हल र भट्टी पसल उस्तै –उस्तै जस्ता दर्शक माझ ल्याइसकेका छन् । उनले एक दर्जन म्युजिक भिडियो, अभिनय साथै एक दर्जन नै म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।