0 COMMENTS

बुटवल१८पुस०७५/  प्रदेश ५ माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा दुई दिन विदा दिने निर्णय मंगलबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद बैठकले गरेको हो । प्रदेश ५ मगर र थारु जातिको बाहुल्यता रहेको छ । यसलाई ध्यानमा राखि प्रदेश सरकारले माघे संक्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले माघीकै अवसरमा पुस ३० गते शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।