0 COMMENTS

पशुपतिनगर, ५ पुस ०७५/ पूर्वी नेपालका चार जिल्लाका पर्यटकीय स्थलको प्रचारप्रसारका लागि आयोजना गरिएको मेची पर्यटन महोत्सव इलाममा शुरु भएको छ ।

पूर्वी पहाडको हरियाली, प्राकृतिक सुन्दरता तथा पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धन गर्न आयोजना गरिएको महोत्सवको प्रदेश नं १ का पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले उद्घाटन गर्नुभयो ।

पुस १६ गतेसम्म चल्ने महोत्सवमा कलासंस्कृति, पर्यटकीय तथा सांस्कृतिक धरोहरको प्रचारका लागि महोत्सव आयोजना गरिएको मेची पर्यटन महोत्सव प्रचार समितिको संयोजक देवी पौडेलले बताउनुभयो ।

महोत्सवका ५१ वटा कक्षमा पूर्वी नेपालमा उत्पादन भएको सामग्री, सांस्कृतिक सम्पदाको प्रचार र जातीय संस्कृति, परिकार राखिएको छ । महोत्सवमा रु २३ लाख खर्च हुने र रु. तीन करोड बराबरको कारोवार हुने अनुमान गरिएको छ ।

महोत्सवमा इलाम, पाँचथर, झापा र ताप्लेजुङका स्थानीय उत्पादन, कला संस्कृति, राष्ट्रिय कलाकारको प्रस्तुति, रमाइलो मेला, ट्राभलबाट प्याकेज बिक्री, जातीय खानाको परिकार र प्रदेश नं १ का होटल व्यवसायीको भेला आयोजना हुनेछ । मेची पर्यटन महोत्सवमा झापाको केचनादेखि ताप्लेजुङको पाथीभरासम्म पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य रहेको र ५० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।