0 COMMENTS

काठमाडौं२६मंसिर०७५/  पूर्वी नवलपरासीको हुप्सेकोट–४ शंखदेवका एक महिला दुई छोरीसहित बेपत्ता भएकी छिन् । २७ वर्षीया जमुना न्यौपाने ५ वर्षीया छोरी सुरक्षा र १५ महिनाकी छोरी समीक्षासहित एक सातादेखि बेपत्ता भएकी हुन् । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

एकसातासम्म आफन्तकहाँ खोज्दा पनि नभेटिएपछि प्रहरीमा उजुरी गरिएको जेठानी दिदी राधिका न्यौपानेले बताउनु भयो । जमुनाकी पति वैदेशिक रोजगारीमा रहेको र पत्नी हराएको खबरपछि घर फर्किएका छन् ।प्रहरीले जमुनाको कोठा खानतलासी गर्दा पतिले कहिल्यै माया नगरेको, अरुको कुरा सुनेर गाली गरेकाले घर छाडेको पत्र भिटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।