0 COMMENTS

भक्तपुर, २३ मङ्सिर०७५/ बसको ठक्करबाट ज्यान गुमाएकी बालिकाको शव तीन दिन सम्म पनि उनको परिवारले बुझ्न मानेको छैन ।शुक्रबार आफ्नै स्कूलको बसको ठक्करबाट ज्यान गुमाएकी चाँगुनारायण नगरपालिका–८ सुडालका सात वर्षीया प्रतिष्ठा खत्रीको शव विद्यालयका प्रिन्सिपल सम्पर्कमा नआई फरार रहेको भन्दै अभिभावकले उठाउन मानेका छैनन् । अभिभावकले आज महानगरीय प्रहरी परिसर दिनभर घेराऊ गर्नुका साथै सडकसमेत बन्द गराएका थिए ।

कक्षा १ मा अध्ययनरत खत्रीलाई बा१क ७२८५ नं को बसले ठक्कर दिँदा उनको मृत्यु भएको थियो । स्कूलका प्रिन्सिपल राजेन्द्र कोजु अहिलेसम्म बालिकाको परिवारको सम्पर्कमा आएका छैनन् । मृतक बालिकाकी हजुरआमा मञ्जु खत्रीले स्कूलले बसमा सहचालकसमेत नराखी चलाउँदा नातिनीको ज्यान गएको आरोप लगाएकी छिन ।

यसअघि बसमा सहचालक राख्न, बसमा क्षमताभन्दा बढी विद्यार्थी नराख्न र विद्यार्थीलाई बाटो कटाउन सहयोग गर्न सो स्कूलका अभिभावकले प्रिसिन्पलसँग माग गरेका थिए । शुक्रबार बसबाट झरेपछि सडक पार गर्ने क्रममा खत्रीको ज्यान गएको थियो । प्रिन्सिपललाई पक्राउ नगरेसम्म बालिकाको शव नउठाउने उनको परिवारले जनाएको छ । बालिकाको शव भक्तपुर अस्पतालमा राखिएको छ । प्रहरीले बस चालक भक्तपुर नगरपालिका–८ लिवालीका ३७ वर्षीय दिपक लाखेमरुलाई पक्राऊ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।