0 COMMENTS

काठमाडौँ, २२ मङ्सिर०७५/ नाडेप लघुवित्त वित्तीय संस्थाले रु १६ लाख बराबरको हकप्रद शेयर बिक्री गर्ने भएको छ ।नेपाल धितोपत्र बोर्डले सो संस्थालाई एक बराबर एकको दरले हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

बैंकको कूल चुक्ता पूँजी रु १६ करोड रहेको छ । बोर्डको स्वीकृतिअनुसार बैंकले यही मङ्सिर २३ गतेदेखि आगामी पुस २९ गतेसम्म शेयर बिक्री गर्ने जनाएको छ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । इक्रा नेपालले सो बैंकको आर्थिक अवस्था औसतभन्दा तल रहेको उल्लेख गर्दै ग्रेड चार दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।