0 COMMENTS

काठमाडौं२१मंसिर०७५ / सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ । भारतीय सहयोगमा निर्मित ३४ किमि दुरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ । यसअघि भारतबाट भाडामा रेल ल्याएर रेल सञ्चालन गर्ने तयारी थियो ।

मंसिरमा रेल चलाउने तयारी थियो । तर रेल नहुँदा समस्या भयो भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भने, रेल लिजमा लिने कि किन्ने भन्नेबारे हामी अलमलमा थियौँ, अब आफैँ रेल किन्ने निर्णय भएको छ । यसले गर्दा रेल सञ्चालनमा ढिलाई भएको हो ।

मन्त्रालय मातहत सञ्चालनमा रहेका राष्ट्रिय गौरबका आयोजनाबारे जानकारी दिन बिहीबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समबन्वय बैठकमा मन्त्री महासेठलाई बोलाईएको थियो । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।